Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्छुः प्रश्तावित राजदुत पौडेल

कतारका लागि प्रश्तावित राजदुत रमेशचन्द्र पौडेलले नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्ने बताउनुभएको छ ।


मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्ततु गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतारसँगको सम्बन्ध थप बिस्तार गर्दै कतारमा रहेका नेपालीहरुका समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो । उहाँले कतारमा रहेका नेपाली श्रमीकहरुका समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने र उनीहरुले पाउनुपर्ने सुविधानको व्यवस्थापन गर्ने उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘त्यो देशसँग सम्बन्ध बिस्तार गर्ने, त्यो देशसँग प्रतिनिधिको रुपमा गर्नुपर्ने धेरै कामहरु छन् । नेपाली नागरिकहरु जो त्यहाँ हुनुहुन्छ, उहाँहरुलाई विभिन्न सेवा सुविधाको आवश्यकता पर्दछ । खासगरी पासपोर्ट लगायतका । त्यसको व्यवस्थापन गर्ने । कन्सुलर सर्भिसहरु प्रदान गर्ने । श्रमको प्रमुख गन्तव्य भएको कारणले गर्दा त्यसमा तममा सुविधाहरु उपलब्ध गराउने, उहाँहरुको कामलाई अनुकुलन प्रदान गर्ने । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन विशेष पहल गर्ने । त्यहाँ भएका नेपालीहरु, प्रवासी डायस्पोराहरु छ, उहाँहरुसँग भएका श्रोतहरु सर्वोपरी हितमा प्रयोग गर्ने ।’


प्रश्तावित राजदुत पौडेलले सरकारको निर्देशन र त्यहाँको परिस्थितिअनुसार कार्यक्रमहरु अघि बढाउने बताउनु भयो । उहाँले श्रमीकहरुको सम्झौताको अवधि थप गर्ने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist