• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालले विश्वविद्यालय विश्वकप फुटबलको छनोट खेल्दै

नीतिप्रेस by नीतिप्रेस
September 15, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपालले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकपको क्वालिफायङ खेल्ने भएको छ । 
नेपालले चीनको यानबियान शहरमा हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकपको क्वालिफायङ प्रतियोगिता दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण रहेको एयुएसएफ सेप्टेम्बर १६ देखि २४ सम्म हुँदैछ ।  आगामी सन् २०२५ मा चीनकै डालियन शहरमा फिसु फुटबल विश्वकप हुने तय छ । नेपालले यसै विश्वकप छनोट खेल्ने लागेको हो । 
विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा आईतवार थापागाउँमा आयोजित कार्यक्रममा नेपाली टोलीको बिदाइ गरिएको थियो । वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद्का बागमती प्रदेशका सदस्यसचिव दीपक लामा र विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्राध्यापक डा. ज्ञानेन्द्र पौडेलले नेपाली टोलीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै विदाई गरे । 
सो अवसरमा राखेपका पूर्वकोषाध्यक्ष शैलेष कर्माचार्य, विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहोरा, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको उपस्थित थिए । बिदाइ  कार्यक्रममा मन्त्री महर्जनले १८ देखि २८ वर्ष उमेरका खेलाडीले नै अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्ने भएपनि यो उमेरमा युवा विश्वविद्यालयमै उच्च शिक्षामा व्यस्त हुने भएकाले विश्वविद्यालय खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने बताए । 


प्रदेश खेलकुद परिषद् वागमती प्रदेशका सदस्यसचिव दीपक लामाले शैद्धान्तिक रूपमा खेललाई पाठ्यक्रममा नै समावेश गरेर अगाडि बढाउनसके खेलकुद विकास सम्भव रहेको बताए । 


यो छनोट प्रतियोगितामा एशियाका १६ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । १६ खेलाडी र तीन अफिसियल गरी कुल १९ सदस्यीय नेपाली टोली आईतवार नै चीन प्रस्थान गर्दैछन् । सन्तोष दहालको कप्तानीमा रहेको नेपाली टोलीमा चक्रराज बिडारी, नविन न्यौपाने, दीपेश खड्का क्षेत्री, आशिष थपलिया, हितेश पाण्डे, रूपेन्द्र फुयाल, सरोज उप्रेती, दिगम खड्का, रोशन खड्का, रामकृष्ण खत्री, सरोज गिरी, सारंश भट्टराई, सञ्जोग पोखरेल, मनिष पौडेल र सञ्जु तामाङ छन् ।
नेपाली टोलीको प्रशिक्षकमा अरबिन कोइराला छन् । हेड अफ डेलिगेसनमा अशोक श्रेष्ठ र टिम म्यानेजर एकेन्द्र मल्ल पनि टोलीसँगै चीन जाँदैछन् । त्रिभुवन विश्वद्यालय (टियु) ले आयोजनामा भएको बिबिए कपमा च्याम्पियन र उपविजेता टिमका खेलाडीबाट नेपाली टोली निर्माण भएको विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहोराले जानकारी दिए ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

हनुमान ढोकामा इन्द्र ध्वजोत्थान गरेसँगै शुरु भयो इन्द्रजात्रा (तस्बिरहरु)

Next Post

संसद सुचारु हुने रास्वपाको विश्वास

Next Post

संसद सुचारु हुने रास्वपाको विश्वास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन