Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको माओवादी सांसदको आरोप



नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको आरोप लगाउनुभएको छ ।


सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चालु अधिवेशनमा अपरादर्शी, षड्यनन्त्रपूर्ण ढंगले सरकार बनेको बताउनु भयो । उहाँले सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट सरकार कतै विचलित भएको र बाटो बिराएको बताउनु भयो । उहाँले सरकारले चालु अधिवेशनमा आवश्यक बिजनेस दिन नसकेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो बीचमा अपरादर्शी, षड्यनन्त्रपूर्ण ढंगले सरकार बन्यो । यही अधिवेशनकै बीचमा । जसरी बनेपनि त्यो सरकारको सफलताको शुभकामना प्रमुख प्रतिपक्ष दलको हिसावले दियौँ । सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट यो सरकार कतै विचलित भएको र बाटो बिराएको देख्न सकिन्छ । सरकारले यो अधिवेशनमा अलि धेरै बिजनेस दिनसक्थ्यो, त्यो पनि त्यति सकेन ।’
सांसद शर्माले समितिमा सहमतिको सिस्टममा यस अधिवेशनको बीचमा सरकार पक्षबाट तोडिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist