Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय



नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा नआत्तिन साना दलहरुसँग आग्रह गर्नुभएको छ ।


सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले दुई राजनीतिक ठूला दलहरु मिल्दा विगतमा पनि देश र जनताका लागि हित भएको बताउनु भयो । उहाँले निर्वाचन प्रणालीमा संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दुई दल मिल्दा कसैले पनि नकारात्मक टिप्पणी गर्न आवश्यक नरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘दुई दल मिल्दा कसैले यसलाई नकारात्मक टिप्पणी गर्नुपर्ने, कसैले यसबाट दुई ठूला दल मिलेको कुरामा आत्तिनुपर्ने देख्दिन । त्यसकारण हाम्रो निर्वाचन प्रणाली आज जुन खालको स्थिरता छैन, राजनीतिक स्थिरता छैन, यसको निम्ति निर्वाचन प्रणाली बदल्नुपर्छ । ठूला दलहरु मिल्दा मुलुकलाई फाइदा नै भएको छ । हामी जति बेला ठूला दलहरु मिलेर गएका छौँ, जति बेला राष्ट्रिय सहमतिले अघि बढेका छौँ, त्यतिबेला मुलुकले फाइदा नै लिएको छ । नेपाली जनतालाई फाइदा नै भएको छ ।’
सांसद रोकायले ठूला राजनीतिक दलहरुबीच एक आपसमा सौहाद्रपूर्ण सम्बन्ध हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist