शुक्रवार र शनिवार परेको वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानमा परी एक सय जना भन्दा बढीको मृत्यु भएको गृहमन्त्रालयले बताएको छ।
बाढी, पहिरो र डुबानमा परी ६७ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बुमा ५ , पाँचथरमा ५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । यस्तै दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।