• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने काँग्रेसको निर्णय

नीतिप्रेस by नीतिप्रेस
September 29, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।


आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताउनु भयो । निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले ५० लाखमा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने पनि निर्णय भएको बताउनु भयो । उहाँले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजि तिब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको छ । पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरुमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न जोड दिएको छ । विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रुपमा व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । 
उहाँले भन्नुभयो, ‘२०८१ साल मंसिर १६ गते सम्पन्न हुनेगरी स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । 
उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवाज्युलाई जिम्मेवारी प्रदान गर्ने । 
निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको छ । वागमती प्रदेशमा अत्यन्त ज्यादा प्रभाव पारेको छ । यस सम्बन्धमा पनि पार्टीले महत्वपूर्ण निर्णय गरेको छ । अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिन यता सय भन्दा बढीको मृत्यु भएको, सयौँ बेपत्ता र सयौँ घाइते भएको, घटनाले यतिबेला समस्त नेपालीलाई मर्माहत बनाएको छ । यो समग्र घटनाप्रति नेपाली काँग्रेस पार्टी गहिरो दुःख व्यक्त गर्दछ । दिवंगतहरुको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । बेपत्ताहरुको खोजिमा हरसम्भव प्रयास तिब्र ढंगले गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारलाई अनुरोध गरेको छ । बाढी र पहिरोका कारण आपत्, विपद्मा परेका नागरिकहरु छन्, बाटोमा रोकिएका छन्, अझै बेपत्ताहरुको खोजी गर्नुपर्ने छ, खोजि राहत कार्यलाई तिब्रताका साथ अघि बढाउन पनि सरकारसँग आग्रह गरेको छ । पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार कार्यमा र राहत कार्यमा सक्रिय रुपमा लाग्न अपिल गरेको छ । आवतजावतमा रहेका समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरु जति पनि क्षति भएको छ त्यसको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न क्रियाशिल हुन जोड दिएका छौँ । यो विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रुपमा व्यवस्थापन गर्ने । 
राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरु, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुनुपर्छ । राहत कार्यमा संलग्न हुनुपर्छ भनेर निर्णय गरेको छ । 
बैठकले नेपाली काँग्रेस पार्टीको तर्फबाट ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने, पीडितहरुको सहयोगका लागि । त्यस्तै हाम्रो संसदीय दलले पनि ५० लाखमा योगदान दिन १५ दिनको सांसदहरुको तलव योगदान गर्ने निर्णय गरेको छ । 
एक महिने संगठन परिचालनको लागि जिल्ला जिल्लामा खटाएका थियौँ, यो एक महिने कार्यक्रम अहिले कोजाग्रत पूर्णिमासम्म स्थगन गरी सम्पूर्ण पार्टी पंक्ति यो विपद्को घडीमा उद्धार र राहत कार्यमा संलग्न हुन आग्रह गरिएको छ ।
पार्टीले सधैँ कोजाग्रत पूर्णिमामा गर्ने चियापान कार्यक्रम यस वर्ष नगर्ने निर्णय गरेको छ ।’
काँग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरु, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ । एक महिने संगठन परिचालन कोजाग्रत पूर्णिमासम्म स्थगन गरिएको पनि प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँले संगठन परिचालन स्थगन गरी विपद् खोजि तथा उद्धार कार्यमा लाग्न पार्टीले निर्देशन दिएको बताउनु भयो । कोजाग्रत पूर्णिमामा गर्ने चियापान कार्यक्रम यस वर्षका लागि नगर्ने निर्णय भएको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

बाढी पहिरोका समाचार र भिडियो

Next Post

विश्वविद्यालयमा व्यवस्थापन संकाय तथा पेशागत शिक्षा सिए

Next Post

विश्वविद्यालयमा व्यवस्थापन संकाय तथा पेशागत शिक्षा सिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन