• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विश्वविद्यालयमा व्यवस्थापन संकाय तथा पेशागत शिक्षा सिए

नीतिप्रेस by नीतिप्रेस
September 29, 2024
in Uncategorized, अन्य, नेपाली समाचार आजको, रोचक जानकारी, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वविद्यालयमा व्यवस्थापन संकाय तथा पेशागत शिक्षा सिए

(University education about management faculty and Professional course CA.)

नेपालको विश्वविद्यालयका खासगरी त्रिभुवन विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तरका कार्यक्रमहरुलाई सेमेस्टर र ग्रेडिङ सिस्टममा लैजाऊ । यो गर्न ढिला भयो । स्नातक तहलाई ४ वर्षे र स्नातकोत्तर तहलाई २ वर्षे बनाऊ । खासगरी व्यवस्थापन संकायका विषयलाई अझ विशिष्टिकृत गरौ । व्यवस्थापन संकायका विधालाई स्नातक र स्नातकोत्तर तहमा नयाँ विद्या जस्तै Bachelor/Master  in Professional Accounting, Bachelor/ Master in Financial Management, Bachelor/Master in Economics, Bachelor in Banking, Bachelor in Insurance,  गरी विशिष्टिकृत गरौ । अर्कोमा स्नातक तहमा Bachelor in Banking and Insurance वा स्नातकोत्तर तहमा Master in Banking / Master in Insurance गरी छुट्टुाछुट्टै बनाऊ तर स्नातक तहमा २ विषयमा विशेषज्ञता एउटै कोर्षमा हुने गरी Banking and insurance को कोर्ष बनाऊ जुन अहिले पनि छ । खासगरी अधिकांश निजी विश्वविद्यालयका स्नातकोत्तर तह वा एमविएमा अर्थशास्त्र र लेखामा विशेषज्ञता राखिएको छैन, जुन व्यवस्थापनका प्रमुख विषय हुन् । त्यसैले ती मूल विषय पनि विषय विशेषज्ञतामा राखौँ । अहिले त व्यवस्थापन सूचना प्रणालीमा पनि वा डाटा म्यानेजमेन्टमा पनि विशेषता राखिन्छ जुन समयको माग पनि हो । यता एमबिसमा चाहिँ लेखा विषयमा पनि विशेषज्ञता छ तर अधिकांश विश्वविद्यालयका कोर्षमा यो राखिएको छैन । तर काठमाडौ विश्वविद्यालयले राख्न थालिसकेको छ जुन नेपालको अग्रणीमा आउने विश्वविद्यालय पनि हो । अब विश्वविद्यालयको सङ्ख्या धेरै बनाउने भन्दा पनि विशिष्टिकृत विश्वविद्यालय केही बनाऊ, कृषि तथा वन विश्वविद्यालय जसरी । अब बनाऊ इन्जिनियरिङ विश्वविद्यालय नेपाल, प्राविधिक विश्वविद्यालय नेपाल, कला विश्वविद्यालय नेपाल, व्यवस्थापन विश्वविद्यालय नेपाल, स्वास्थ्य विज्ञान विश्वविद्यालय नेपाल, शिक्षा संकाय विश्वविद्यालय नेपाल, विज्ञान विश्वविद्यालय नेपाल जुन विशिष्टिृत क्षेत्रको अध्ययन तथा अुनसन्धानका लागि विकास गरिने छ । अब साधारण धार तथा प्रकृतिका विश्वविद्यालयको सङ्ख्या पुग्यो । विश्वविद्यालय मात्र धेरै बनाउनुभन्दा अब गुणस्तरमा र जनशक्तिको विकास र अनुसन्धान कार्यमा ध्यान दिऊ । विश्वविद्यालय शिक्षामा अनुसन्धान तथा थेसिस वा अनुसन्धानमा आधारित प्रोजेक्ट वर्क अनिवार्य राखौँ किनकि विश्वविद्यालयको मूल मर्म भनेको अनुसन्धान गर्न सक्ने जनशक्ति सम्मको उपल्लो कोटीको जनशक्ति विकास गर्नु हो ।

यस्तै यदि ११ र १२ मा व्यवस्थापनमा वित्तिय शास्त्र राख्ने हो भने Chartered Financial Analyst कोर्षको पढाई १२ पछि गर्नको लागि आवश्यक आधारभूत ज्ञान प्राप्त हुन्छ । हाललाई यो स्नातक तह पछि छ किनकि अधिकांश १२ कक्षामा वित्तिय शास्त्रको पढाई हुदैन । CFA र CA उच्च स्तरको पेशागत कोर्ष हो तर चार्टड एकाउन्टेमा १२ पछि र चार्टड फाइनान्सियल एनालिष्टमा स्नातक योग्यता राखिएको छ । यदि ११, १२ मा वित्तिय शास्त्र राख्ने हो भने चार्टर फाइनान्सियल एनालिष्टको कोर्ष पनि १२ कक्षा पछि गर्न सकिन्छ । साथै यो विशिष्टिकृत अध्ययन गरेपछि उसले आफ्नो विषयगत क्षेत्रमा स्नातक र स्नातकोत्तर बराबरको उपाधि प्राप्त गर्छ जसलाई केही मापदण्ड बनाई मानार्थ स्नातकोत्तर तथा विद्यावारिधिको लागि योग्यता कायम गर्न सकिन्छ ।

अर्को कुरा चार्टड एकाउन्टेन्सी कोर्षलाई अधिक बोझिलो र विद्यार्थीको समयको खेर जाने गरि विकास गरिएको छ । यसको परिक्षा प्रणाली एकदम कठिन छ जुन डाक्टर, इन्जिनियर वा सैनिक तालिम भन्दा पनि कठिन बनाइएको छ । यसले योग्य व्यक्तिलाई पनि अयोग्य भनि अध्यापन गराउने कार्य गर्छ । त्यसैले यसको परिक्षा प्रणाली र मूल्याकनको विधि फेरौ । खासगरी विशेष क्षमता र योग्यताको आवश्यकता स्वास्थ्य, इन्जियिरिङ, र हवाई क्षेत्रमा जरुरी हुन्छ जसमा अध्ययन तथा जागिरको लागि कोटा राख्ने व्यवस्था पनि हटाऊ । बरु अन्य जागिर तथा अध्यापनमा कोटा राख्न सकिन्छ । अरु सबै संकायमा सामान्य क्षमताले पनि काम गर्छ । यो सैनिक तालिम होइन तर पेशागत विषय हो जुनको अध्ययन पश्चात ज्ञानसँगै सिप पनि प्रभावकारीरुपमा विकास गर्न सकिन्छ । यदि यसलाई सैनिक नियमानुसार भन्नु हन्छ भने मलाई हालको अवस्थामा केही टिप्पणी गर्नु छैन । जुन विषयमा न्यूनतम मापदण्ड पूरा हुन्छ, त्यसमा पुन परिक्षा लिने काम नगरौँ । बोझिलो अध्यापन नगराऊ । विद्यार्थीलाई अनुत्तिर्ण विषयमा मात्र पुन परिक्षा लिएर मूल्यांकन गरौ, जुन विषयमा न्यूनतम मापदण्ड पुगेको छ, त्यसमा किन पुन परिक्षा । साथै पहिलो लेभलबाट दोस्रो लेभल र दोस्रोबाट तेस्रो लेभलमा लैजादा निरन्तर पढाई होस् । बीचमा ग्याप राख्न जरुरी छैन, केही विदा बाहेक । उनीहरु विश्वविद्यालयमा जस्तै निरन्तर एकपछि अर्को सेमेस्टरमा जान पाउन पास वा फेल भएपनि, उसले ४ वर्ष वा ५ वर्ष भित्र सबै उत्तिर्ण गरे उसलाई नियमित विद्यार्थी भित्र राखौँ। एउटै कोर्षमा एक लेभल पार नगरी अर्को लेभलमा जान नपाउने नबनाऊ । सबै लेभल निरन्तर चलोस् तर परिक्षा चाहिँ लेभल अनुसार सिए बोर्डले सञ्चालन गरोस् जुनका कारण पढाई बीचमा नरोकियोस् । एउटै कोर्षको अध्ययनमा एक लेभर पार नगरी अर्को लेभलमा जान नपाउने गरि झन्झटिलो प्रक्रिया वा अध्ययन गर्ने व्यवस्था नराखौँ ।

अर्को कुरा विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तह पास गरेकालाई वा लेखामा विशेषज्ञता हासिल गरेकालाई मापदण्ड बनाई चार्टड एकाउन्टेन्सीको फाइनल लेभलमा अध्यापन गराऊ । यो खासगरी स्नातकोत्तर तहको लागि गर्न सकिन्छ । फाइनल लेभलमा लैजादा इन्टरमिडियटको केही विषय दिन पर्ने भए, सो अनुसार व्यवस्था गर्न सकिन्छ । विश्वविद्यालयका विद्यार्थीको अधिकांश समय करिब छ वर्षको अध्ययनबाट उसले लेखाका केही विषयसहित राम्रो आधार वा विविध क्षेत्रका ज्ञान हासिल गरेको हुन्छ । मूख्य कुरा लेखाको क्षेत्रमा विशेष ज्ञानको वा विशिष्टिकृत ज्ञानको हो । यसको लागि सकेसम्म चार्टड एकाउन्टेन्सी पेशागत उच्चस्तरीय अध्ययन भएकोले कम्तिमा स्नातकोत्तर गरेकालाई सिधै फाइनल लेभलको अध्यापनको बाटो खोलौँ । साथै स्तातकोत्तर तह गरेकालाई आवश्यक परिक्षा वा अनुमति वा लाइसेन्स परिक्षा लिएर लेखापरिक्षणको लागि योग्य बनाऊ । चार्टड एकाउन्टेन्सी र स्नातकोत्तरलाई समान किसिमले व्यवहार गर्न सकिन्छ । लेखापरिक्षणको लागि व्यवस्थापन संकायबाट स्नातकोत्तर गरेका विद्यार्थी पनि लेखापरिक्षणको लागि उति नै योग्य हुन्छन् । कुरा नमिलेको भनेको लेखा सम्बन्धि विशेष ज्ञान र सिपको हो जुन सिएले अनुभव र ओजेटीबाट प्राप्त गर्छ । बरु आर्टिकल्सिपको समयावधि चार्टड एकाउन्टेनबाटै गर्नु पर्ने गरि ३ वर्ष नै गर्न सकिन्छ जुन पेशागत शिक्षाको महत्वपूर्ण पाटो हो । आर्टिकलसिपको मापदण्ड पूरा गरेकालाई लाइसेन्स परिक्षा लिन सकिन्छ । विश्वविद्यालय शिक्षाबाट दिक्षित विद्यार्थीको पनि समयको महत्व वा बचत गर्न मिल्ने ठॉऊ छ भने गरौँ किनकि उनिहरुको चार्टड एकाउन्टेनको अध्ययन भन्दा बढी समय खर्च हुनुका साथै यो दुवै विद्या व्यवस्थापन विषयको भएकोले धेरै विषयमा समानता हुन पुग्छ, अनावश्यक मापदण्ड नबनाऊ । यदि देशलार्इ चार्टड एकाउन्टेन धेरै चाहिदैन भने चार्टर एकाउन्टेनका शिक्षालय घटाऊ र प्रवेश परिक्षा लिएर विद्यार्थी छनौट गरौ वा कम कोटामा विद्यार्थी भर्ना गरौ। भर्ना गरेर अयोग्य बनाउने शिक्षा कस्तो शिक्षा होला । योग्य विद्यार्थीको समय खेर जाने र भविष्य अनिश्चित हुने गरि अयोग्य बनाउने गरि अध्यापन नगराऊ । यसको लागि अन्तराष्ट्रिय मान्यता र मापदण्ड पुग्दैन भने विश्वमा यो विषयका सम्बन्धमा नयाँ बहस र अन्तरक्रिया गर्नको लागि नेपालको चार्टड एकाउन्टेन्सी संस्थाले नेतृत्वदायि भूमिका खेल्न सक्छ । सक्षम र सबल नागरिक र विद्यार्थीको भविष्य अन्योल हुने गरि परिक्षाको मल्यांकन प्रणाली नराखौँ ।

अब आयो विश्वविद्यालयको व्यस्थापन संकायको ज्ञान र चार्टड एकाउन्टेन्सी उच्चस्तरीय लेखा पेशागत शिक्षा सम्बन्धमा समन्वय गर्न सकिने ठॉऊको बारेमा । जस्तै यदि Bachelor/Master in Professional Accounting कोर्षको पढाई हुने हो भने यी दुई संस्थाबीच सहकार्य गर्न सकिन्छ । यदि कसैलाई लेखा मात्र हेर्न मन छ भने उसले लेखा क्षेत्रमा मात्र internship or on the job training गर्छ तर यदि ऊ लेखापरिक्षक पनि बन्न चाहन्छ भने उसले स्नातक दोस्रो तहमा लेखा सम्बन्धि आर्टिकलसिप गर्छ तर तेस्रो वा चौथो वर्षमा लेखापरिक्षण सम्बन्धि चार्टड एकाउन्टेनको मातहतमा लेखापरिक्षणको आर्टिकलसिप गर्छ । स्नातकमा कम्तिमा लेखापरिक्षणमा सिएको मातहतमा एक वर्ष र स्नातकोत्तर तहमा कम्तिमा २ वर्ष पढाईसँगै सिएको मातहतमा रही आर्टिकलसिप वा अनुभव हासिल गर्छ भने उसलाई सिएको फाइनल लेभलको परिक्षा र अुनमति परिक्षामा सिधै समावेश गर्न सकिन्छ । अर्को विकल्पमा स्नातक वा स्नातकोत्तर अध्ययनका क्रममा कम्तिमा सिएको मातहतमा ३ वर्ष अनिवार्य आर्टिकलसिप गरेको छ भने पनि सिएको फाइनल लेभलको परिक्षा वा लेखापरिक्षकको अनुमति परिक्षामा सिधैँ सामेल गराउन सकिन्छ । यस्ता अन्य व्यवस्थापनका लेखा विषयमा विशेषज्ञता हासिल गरेको विद्यार्थीलाई पनि मापदण्ड बनाई फाइनल लेभलमा परिक्षा लिन सकिन्छ । १२ पछि सिधै सिए पढेकाले पनि स्नातकोत्तर तहको मान्यता वा स्नातकोत्तर सरहको योग्यता चाहिने जागिरमा सिधै समावेश गर्न सकिन्छ । जो छोटो बाटो जान्छन्, ऊ सिधै सिएको कोर्ष पढ्छ र जो विश्वविद्यालयबाट जादाँ मार्ग बनाउँछन्, उनीहरु केही लामो बाटो जान्छन् । विश्वविद्यालय शिक्षामा स्नातक र स्नातकोत्तर गरी कम्तिमा ३ वर्ष वा ४ वर्ष वा घटाएर सुविधा दिन मिल्ने भए २ वर्षको आर्टिकलसिप सिएको मातहतमा अनिवार्य गरेको हुनुपर्ने बनाउन सकिन्छ र सो अनुभव तथा सिपको तालिमको लागि चार्टड एकाउन्टेनको लेखापरिक्षण फर्म वा कार्यालय वा कम्पनिमा गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । साथै लेखा विषयमा विशेषज्ञता विश्वविद्यालय शिक्षामा लिनु भनेको यसको अन्तिम गन्तव्य लेखापरिक्षकसम्मको हो र यसमा व्यवस्थापन संकायमा लेखामा दखल भएकालाई मार्गप्रशस्त गरौँ किनकी व्यवस्थापन संकायमा लेखा मूल विषय लिई अध्ययन गर्ने विद्यार्थीको  लेखापरिक्षणसम्मको कार्य गर्ने योग्यता वा क्षमता हुन्छ । यसमा जति चार्टड एकाउन्टेनको लेखापरिक्षण गर्ने अधिकार हुन्छ, उती नै लेखा मूल विषय लिएर स्नातकोत्तर गर्ने विद्यार्थीको पनि हक हुन्छ र योग्य मानिन्छ । यसलै दुवै  बाटोबाट पढ्ने विद्यार्थीलाई सहज वा सरल अध्यापनको बाटो दिउ । यसको लागि सिए बोर्ड र विश्वविद्यालयले समन्वय र सहकार्य गर्न सक्छन् । विद्यार्थीको अध्ययन र भविष्यको बाटो बन्द हुने गरी शिक्षा क्षेत्रमा अनावश्यक मापदण्ड नबनाऊ । नेपालमा र विश्वमा शिक्षा र स्वास्थ्य सर्वसुलभ र सरल होस् । 

Previous Post

विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने काँग्रेसको निर्णय

Next Post

सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी

Next Post

सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन