Latest
धनतेरसमा सुनको असर्फी किन्ने सर्वसाधरणको भिड
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण गठन हुन्छः मन्त्री अधिकारी


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी नियमनका लागि छुट्टै प्राधिकरण गठन गर्न नसकिने बताउनुभएको छ ।


मन्त्री अधिकारीले सहकारी नियमन र सुपरीवेक्षणका लागि सरकार नियन्त्रित प्राधिकरण बनाउने निष्कर्षमा आफूहरु पुगेको बताउनुभएको हो । आईतवार ललितपुरमा आयोजित ‘सहकारी सवालसम्बन्धि नीति संवाद’ कार्यक्रममा बोल्दै उहाँले विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरणहरुले सरकारलाई अपm्ठ्यारोमा पार्ने गरेको दृष्टान्तलाई मध्यनजर राखेर सरकारले सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण बनाउने टुंगोमा पुग्नुपरेको पनि स्पष्ट पार्नुभयो । मन्त्री अधिकारीले सो प्राधिकरण गठनसम्बन्धि प्रश्ताव केही दिनभित्रै मन्त्रीपरिषदमा पेश गर्न लागिएको पनि जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, ‘अब प्राधिकरणहरुको अवस्था पनि हेरिएको छ । विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरणलगायतका विभिन्न प्राधिकरणहरु छन् । यिनले गरेका कार्यशैली, सरकार र यिनमा भएका भिन्नता र अपm्ठ्यारा यसलाई पनि मध्यनजर राखेर अगाडि जानुपर्छ । त्यसकारण छुट्टै प्राधिकरण बनाउने कुरा भन्दा सरकार नियन्त्रित प्राधिकरण बनाउनुपर्छ भन्ने भन्ने कुराको टुंगोमा हाम्रो मन्त्रालय पुगेको छ ।’ 


मन्त्री अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि एकीकृत खालको सुझाव दिन पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो । उहाँले सहकारी मुलुकको आर्थिक क्षेत्रको विकासको मूल्य खम्बा भएपनि यसलाई केहीले खराव नियतका साथ बदनाम गराउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist