सेन्दाई,जापान । प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईले दोस्रो अधिवेशन गर्ने भएको छ। यहि नोभेम्बर १७ गते आइतबार टल्क नेट सेन्दाई (सिटि सेन्टर) 仙台市民会館 (第1会議室) मा केन्द्रीय कमिटी का व्यक्तित्व हरू को उपस्थिति रहि दोस्रो अधिवेशन हुने प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाइका अध्यक्ष अनिल गिरीले जानकारी दिनु भएको छ।
प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रीय कमिटी सेन्दाई अधिवेशनको अन्तिम तयारीमा लागिरहँदा सङ्गठन प्रति आस्था ,विश्वास राख्नुहुने सम्पूर्ण नेपाली मनहरुमा स्वागत गर्दै यस सङ्गठन लाई अझै मजबुत,शक्तिशाली बलियो बनाउन सबै अझ एक ढिक्का हुन जरुरि रहेको अध्यक्ष गिरीले बताउनु भयो।
कमिटीमा साथी हरूलाई जोड्न जरुरत छ त्यसैले आउ हातेमालो गरौँ मिलेर अघि बढौँ सम्पूर्ण सङ्गठन प्रति आस्था विश्वास राख्ने व्यक्ति हरूलाई यस अधिवेशन मा जोडिनुहुन समेत अनुरोध अध्यक्ष गिरीले गर्नुभयो ।
–अनुष्का कुवॅंर