पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुने प्रधानमन्त्री बिहीबार पोखरा आउने भएका हुन् । प्रधानमन्त्री प्रतिष्ठानका कुलपतिसमेत हुन् ।
दीक्षान्त समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्र्याजुएटका प्रथम र दोस्रो ब्याचका विद्यार्थीलाई दीक्षित गरिनेछ ।
कार्यक्रम पोखरा नर्सिङ क्याम्पसको प्राङ्गणमा हुने बताइएको छ ।
सो समारोहमा प्रतिष्ठान सभाका सदस्य, जनप्रतिनिधि, विभिन्न विश्वविद्यालयका पदाधिकारी, उच्च प्रशासक, विद्यार्थी, अभिभावक र अन्य विशिष्ट व्यक्तित्व सहभागी हुने बताइएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको भौतिक संरचना र स्वास्थ्य सेवाको सुदृढ आधारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना भएको हो ।