• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

निर्माण व्यवसायी संघ कास्कीको ३८औँ स्थापना दिवस

नीतिप्रेस by नीतिप्रेस
January 15, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले ३८औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खीमप्रकाश मल्लले महासंघले व्यवसायीका हक, हित र अधिकारका लागि काम गर्दै आएको बताए ।
उनले पुराना आयोजनामा सरकारले बजेट व्यवस्थापन नगरेकाले त्यस्ता ठेक्का अन्त्य गर्नुपर्दछ भन्ने माग आफूहरुले उठाइरहेको बताए । सरकारले पुराना ठेक्काको साढे छ अर्ब भुक्तानी बाँकी रहेको मल्ले जानकारी दिए ।

संघका अध्यक्ष लिलकाजी गुरुङले संघले व्यवसायीका हक हितसँगै सामाजिक उत्तरदायित्वका धेरै काम गरिरहेको बताए ।

“हामीमा धेरै समस्या छन्, ती समस्या थाँती राखेर सामाजिक कार्य गर्नेछौँ, सोही अनुसार खुला रक्तदान कार्यक्रम गरेका हौँ”, अध्यक्ष गुरुङले भने ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व मानार्थ सदस्य शिवशंकर गौचन, केन्द्रीय सदस्य एवं संघका निर्वतमान अध्यक्ष सुरेश श्रेष्ठ, संघका सल्लाहकारहरु ओमप्रसाद गौचन, ऋषिराम गौतम, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराललगायतले निर्माण क्षेत्रका समस्या समाधानका व्यवसायिक एकतामा जोड दिए ।

संघका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले स्वागत र कार्यक्रम सञ्चालन सचिव डम्बरराज ढकालले गरेका थिए ।

थापना दिवसका अवसरमा निर्माण व्यवसायी कल्याणकारी कोषबाट ७० वर्ष पार गरेका निर्माण व्यवसायीलाई दिइँदै आएको कोषको रकमको ५० प्रतिशत रकम एक लाख ५० हजार रुपैयाँ निर्माण व्यवसायी गणेशराज अधिकारीलाई प्रदान गरिएको थियो । अधिकारीलाई पहिलोपटक औपचारिक रुपमा अधिकारीलाई सो सहयोग प्रदान गरिएको हो ।

व्यवसायी कल्याण कोषबाट मरणोपरान्त सहयोग गर्ने गरिएकामा वर्तमान कार्यसमिति निर्वाचित भएर आएपछि निवेदकले निवेदन दिएपछि औपचारिक कार्यक्रममा सम्मानसहित सो रकम प्रदान गरिँदै आएको संघका सचिव ढकालले जानकारी दिए ।

Previous Post

घान्द्रुकका हिमलाल परियारलाई सातौँ ब्रेज मेश्रो अवार्ड

Next Post

प्रधानमन्त्री ओली पोखरा आउने

Next Post

प्रधानमन्त्री ओली पोखरा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन