Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

उत्तर विधायकी परीक्षण सम्बन्धमा स्कटिस संसद र नेपाली संसदको अनुभव आदानप्रदान

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सदस्यहरुले उत्तर विधायकी परीक्षण सम्बन्धमा संसदको अनुभव आदानप्रदान गरेका छन् ।


शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा उत्तर विधायकी परीक्षण सम्बन्धमा स्कटिस संसदको अनुभव आदानप्रदान गरिएको हो । समितिको बैठकमा दुई देशकै सांसदहरुले आफ्नो आफ्नो अनुभव आदानप्रदान गरेका थिए । उनीहरुले चलाखीपूर्ण ढंगबाट कानूनमा भएका समस्याहरुलाई समाधान गर्नुपर्ने बताए । उनीहरुले नेपालमा स्थानीय तहमा ५० प्रतिशत महिलाको सहभागिता पुगेको दाबी गरे । उनीहरुले नेपालको संसदमा महिला तथा सामाजिक मामिला समितिको महत्व धेरै रहेको बताए । समितिको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले सबै जातजाति, क्षेत्र, भूगोल, पछि परेको र पारिएको क्षेत्र समेत समेटेर समावेशी समानुपातिक सिद्धान्तअनुरुप संविधान निर्माण भएको र नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनु भयो । उहाँले महिलाहरुको हकमा किटान गरेर संघमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत सुनिश्चित गरेको दाबी गर्नुभयो । महिलाको सहभागिता हरेक क्षेत्रमा ५० प्रतिशत बनाउने तयारीमा आफूहरु लागेको बताउनु भयो । 

बैठकमा काँग्रेस सांसद सीताकुमारी रानाले समानुपातिक क्लष्टरबाट आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यको उपस्थिति महिला समितिमा उल्लेख्य रहेको बताउनु भयो । सबै क्षेत्र र वर्ग समेटिनु भनेको संविधानले दिएको अधिकारको पूर्णता भएको बताउनु भयो । उहाँले विश्वभर नै नीतिगत रुपमा नेपालमा अहिले संसदमा महिला र आदिवासी जनजाति लगायत अन्य वर्ग र समुदायमा ३० प्रतिशत प्रतिनिधित्व पुगेको र स्थानीय तहमा पनि संघीयताले दिएको अधिकारअनुसार स्थानीय तहमा ५० प्रतिशत महिलाको सहभागिता पुगेको छ । नेपालमा पुराना संस्कार र ऋतिरिवाजका कारण पनि केही समस्या पर्ने गरेको बताउनु भयो । 

बैठकमा नेकपा एमालेकी सांसद शान्ति श्रेष्ठले नेपालको संविधान, २०७२ अनुसार आफूहरुको जिम्मेवारी महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले महिला तथा सामाजिक मामिला समितिको महत्व धेरै नै रहेको र कामको हिसावले पनि ओझिलो रहेको बताउनु भयो । उहाँले कानूनअनुसार काम गर्नलाई सहज हुन नसकेको बताउनु भयो । 

बैठकमा स्कटिस सांसद मार्टिन ह्वाइटफिल्डले सांसदहरुसँग एकदमै कम समय हुने र गर्नुपर्ने काम धेरै हुने बताउनु भयो । उहाँले राजनीतिकर्मीहरुले समयको महत्वलाई बुझेर मात्रै काम गर्न आवश्यक रहेको बताउनु भयो । हामीले चलाखीपूर्ण ढंगबाट कानूनमा भएका समस्याहरुलाई समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले कानूनमा समस्या समाधानका लागि एउटा उपाय जनताहरुलाई नै बोलाएर उनीहरुका सुझाव सुन्ने गर्नुपर्छ । त्यसले पनि कतिपय समस्या र कानूनी जटिलताहरु समाधान हुने बताउनु भयो । 

अध्येता एवं प्राध्यापकहरुलाई उत्तर विधायकीहरुमा सुझाव मागेर कानून निर्माणमा थप भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist