• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उत्तर विधायकी परीक्षण सम्बन्धमा स्कटिस संसद र नेपाली संसदको अनुभव आदानप्रदान

नीतिप्रेस by नीतिप्रेस
March 15, 2024
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सदस्यहरुले उत्तर विधायकी परीक्षण सम्बन्धमा संसदको अनुभव आदानप्रदान गरेका छन् ।


शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा उत्तर विधायकी परीक्षण सम्बन्धमा स्कटिस संसदको अनुभव आदानप्रदान गरिएको हो । समितिको बैठकमा दुई देशकै सांसदहरुले आफ्नो आफ्नो अनुभव आदानप्रदान गरेका थिए । उनीहरुले चलाखीपूर्ण ढंगबाट कानूनमा भएका समस्याहरुलाई समाधान गर्नुपर्ने बताए । उनीहरुले नेपालमा स्थानीय तहमा ५० प्रतिशत महिलाको सहभागिता पुगेको दाबी गरे । उनीहरुले नेपालको संसदमा महिला तथा सामाजिक मामिला समितिको महत्व धेरै रहेको बताए । समितिको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले सबै जातजाति, क्षेत्र, भूगोल, पछि परेको र पारिएको क्षेत्र समेत समेटेर समावेशी समानुपातिक सिद्धान्तअनुरुप संविधान निर्माण भएको र नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनु भयो । उहाँले महिलाहरुको हकमा किटान गरेर संघमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत सुनिश्चित गरेको दाबी गर्नुभयो । महिलाको सहभागिता हरेक क्षेत्रमा ५० प्रतिशत बनाउने तयारीमा आफूहरु लागेको बताउनु भयो । 

बैठकमा काँग्रेस सांसद सीताकुमारी रानाले समानुपातिक क्लष्टरबाट आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यको उपस्थिति महिला समितिमा उल्लेख्य रहेको बताउनु भयो । सबै क्षेत्र र वर्ग समेटिनु भनेको संविधानले दिएको अधिकारको पूर्णता भएको बताउनु भयो । उहाँले विश्वभर नै नीतिगत रुपमा नेपालमा अहिले संसदमा महिला र आदिवासी जनजाति लगायत अन्य वर्ग र समुदायमा ३० प्रतिशत प्रतिनिधित्व पुगेको र स्थानीय तहमा पनि संघीयताले दिएको अधिकारअनुसार स्थानीय तहमा ५० प्रतिशत महिलाको सहभागिता पुगेको छ । नेपालमा पुराना संस्कार र ऋतिरिवाजका कारण पनि केही समस्या पर्ने गरेको बताउनु भयो । 

बैठकमा नेकपा एमालेकी सांसद शान्ति श्रेष्ठले नेपालको संविधान, २०७२ अनुसार आफूहरुको जिम्मेवारी महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले महिला तथा सामाजिक मामिला समितिको महत्व धेरै नै रहेको र कामको हिसावले पनि ओझिलो रहेको बताउनु भयो । उहाँले कानूनअनुसार काम गर्नलाई सहज हुन नसकेको बताउनु भयो । 

बैठकमा स्कटिस सांसद मार्टिन ह्वाइटफिल्डले सांसदहरुसँग एकदमै कम समय हुने र गर्नुपर्ने काम धेरै हुने बताउनु भयो । उहाँले राजनीतिकर्मीहरुले समयको महत्वलाई बुझेर मात्रै काम गर्न आवश्यक रहेको बताउनु भयो । हामीले चलाखीपूर्ण ढंगबाट कानूनमा भएका समस्याहरुलाई समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले कानूनमा समस्या समाधानका लागि एउटा उपाय जनताहरुलाई नै बोलाएर उनीहरुका सुझाव सुन्ने गर्नुपर्छ । त्यसले पनि कतिपय समस्या र कानूनी जटिलताहरु समाधान हुने बताउनु भयो । 

अध्येता एवं प्राध्यापकहरुलाई उत्तर विधायकीहरुमा सुझाव मागेर कानून निर्माणमा थप भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

Previous Post

काँग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

Next Post

सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छः सांसद किराँती

Next Post

सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छः सांसद किराँती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन