• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाली सञ्चारमाध्यमका समाचार सामाग्रीको गुणस्तर खस्किँदै गएको प्रतिवेदन सार्वजनिक

नीतिप्रेस by नीतिप्रेस
June 27, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपालका सञ्चारमाध्यमका समाचार सामग्रीको गुणस्तर खस्किँदै गएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।


बुधवार काठमाडौंमा सार्वजनिक ‘भाइब्रेन्ट इन्फरमेसन ब्यारोमीटर (भाइब)’ अध्ययन प्रतिवेदनले नेपालमा सञ्चार माध्यममा  प्रकाशित तथा प्रशारित समाचार सामग्रीको स्तरीयता कमजोर बनेको देखाएको हो । आईरेक्सको सहयोगमा द एशिया फाउण्डेशनले सूचनाको महत्व,उत्पादन, प्रयोग,नागरिकको पहुँच तथा समाचार उत्पादकहरुको समावेशी चरित्र लगायत बारेमा गरेको अध्ययन प्रतिवेदनले विभिन्न परिस्थितिका कारण सञ्चारमाध्यमहरु कमजोर बन्दै गएको र त्यसको प्रभाव सूचनाको गुणस्तरमा परेको निस्कर्ष निकालेको हो । सञ्चारमाध्यमको रिपोर्टिङ गर्ने क्षमता नै कमजोर हुँदै गएको अध्ययनले देखाएको छ । सञ्चार क्षेत्रले आर्थिक सीमितताको सामना गरिरहँदा त्यसको असर छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यमहरूमा समेत परेको र सञ्चारमाध्यम नै बन्द हुने अबस्थामा पुगेको अध्ययनले देखाएको छ । सामाजिक सञ्जालहरु मिथ्या सूचनाको हब बन्दै गएको र यसको प्रभाव मुलधारका मिडियामा पर्ने गरेको पनि अध्ययनले देखाएको छ ।
प्रतिवेदनलाई राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ र फाउण्डेशनकी नेपाल प्रमुख मेगन नाल्बोले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । 
अध्ययनअनुसार नेपालले ४० पूर्णाङ्कमा २३ अङ्क प्राप्त गरेको छ । यो अंक सूचनाको गुणस्तर, सूचनाको प्रवाह, सूचनाको प्रयोग र सूचनाले ल्याउने रुपान्तरणकारी कार्य गरी चार सिद्धान्तमा आधारित औसत अंक हो । अध्ययनले समग्र मिडियाको सञ्चालन, व्यवस्थापन चक्र नै भत्किँदै गएको देखाएको छ । द एशियन फाउण्डेशनका कार्यक्रम निर्देशक अजय दासले अध्ययनले नेपाली सञ्चार माध्यममा विभिन्नि किसिमका चुनौतिहरु क्रमश थपिँदै गएको देखाएको बताउनुभयो । उहाँले सञ्चार गृह र विषयवस्तुमा विविधिकरणसँगै समावेशिता हुन नसकेको पनि अध्ययन प्रतिवेदनमा देखिएको बताउनु भयो । त्यसैगरी सामाजिक सञ्जालको प्रभाव तथा त्यसमा आउने सूचनाले गलत सन्देश प्रवाह गर्ने गरेको पनि अध्ययन प्रतिवेदनले देखाएको उहाँले उल्लेख गर्नुभयो । 


४ वटा प्रमुख सिद्धान्तका आधारमा लुम्बिनी प्रदेश र मधेस प्रदेशलाई आधार बनाएर २० मुख्य सूचक, १६७ वटा उपसूचक बनाएर अध्ययन गरिएको थियो । अध्ययनका लागि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरु, सञ्चार व्यवस्थापक, नागरिक समाज, संवाददाता, शिक्षक र अभियानकर्मीहरू समेटिएका ३० जनाभन्दा धेरै विज्ञहरूलाई संलग्न गराइएको थियो । अध्ययन टोलीका मुख्य अनुसन्धानकर्ता उमेश पोखरेलले शहर र ग्रामिण क्षेत्रका मिडिया र उपभोक्तामा असमानता रहेको र सञ्चारमाध्यमले समेट्ने क्षेत्र एवं विषयमा समेत असमानता रहेको बताउनु भयो । उहाँका  अनुसार अध्ययनले मिडियाको संरचना र उत्पादन हुने विषयवस्तु समावेशी नभएको, पत्रकार महिलामाथि सेवा सुविधामा नै भेदभाव रहेको, कोभिड १९ पछि पत्रकारहरुको श्रम अधिकारमा कटौति हुँदै गएको देखाएको छ । कमजोर आर्थिक अवस्थाका कारण सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको र त्यसबाट कयौ पत्रकारको रोजगारी समेत गुमाएको अनुसन्धान कर्ता पोखरेलले बताउनु भयो । 


अध्ययनमा संलग्न विज्ञ सदस्यहरूलाई तोकिएका सूचकमा मूल्याङ्कन स्वरूप अङ्क दिन भनिएको थियो । जसमा शुन्यदेखि १० अङ्कलाई ‘नन भाइब्रेन्ट’, ११ देखि २० को अङ्कलाई ‘स्लाइटली भाइब्रेन्ट’, २१ देखि ३० बीचको अङ्कलाई ‘समह्वाट  भाइब्रेन्ट र ३१ देखि ४० बीचको अङ्कलाई ‘हाइली भाइब्रेन्ट’ का रूपमा वर्गिकृत गरिएको थियो । द एशिया फाउण्डेशनले युएसएआईडीको आर्थिक, प्राविधिक सहयोगमा नागरिक समाज र मिडियामा काम गरिहरेको छ । सूचनाको गुणस्तर, सूचनाको प्रवाह, प्रयोग र सूचना ल्याउने रुपान्तरणकारी कार्यको अधारमा अध्ययन गरिएको थियो । यो अध्ययनले मिडियाको वर्गीकरण, सामाजिक सञ्जालको प्रयोग र मिडिया तथा समाजिक सञ्जालबारे रहेको भ्रम निवारण गर्न सबै क्षेत्र मिलेर कम गर्न ढिलो गर्न नहुने सुझाव दिएको छ । यस्तो अध्ययन नेपालसहित १९ देशमा भएको छ  । यसअघि विभिन्न १८ मुलुकमा भएको अध्यय संग तुलना गर्दा नेपालको अवस्था सामान्य नै रहेको देखिएको छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने

Next Post

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

Next Post

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन