• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

नीतिप्रेस by नीतिप्रेस
June 27, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


नेपाली काँग्रेसले पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ ।


काँग्रेसले अगामी असार १८ गते पूर्वसभापति गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसर पारेर फोटो प्रदर्शनी गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा फोटो प्रदर्शनी गर्न लागिएको जानकारी गराइएको हो । ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएको फोटो प्रदर्शनीमा १५० वटाभन्दा बढी फोटोहरु रहने केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । फोटो प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालिन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्वित गर्ने फोटोहरु राखिने उहाँले बताउनु भयो । नेपालको शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोईराला लगायतका नेपाली काँग्रेसका नेताहरुले खेलेका भुमिकालाई फोटोमा उतार्ने प्रयास गरिएको उहाँले बताउनु भयो । उहाँले पार्टीको केन्द्रिय कार्यालयकै सभाहलमा हुने फोटो प्रदर्शनीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न पार्टीको अध्यक्ष तथा शिर्ष नेताहरुदेखि कुटनीतिक क्षेत्रका व्यक्तिहरुलाई पनि निमन्त्रणा गरिएको जानकारी दिनुभयो । बिहान ११ बजेदेखि शुरु हुने फोटो प्रदर्शनी राति ११ बजेसम्म चल्ने उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो – नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति, केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा शान्ति प्रक्रियाका महानायक शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस केन्द्रिय कार्यालयको परिसरमा असार १८ गते गिरिजाप्रसाद कोईरालाको जीवनीसँग जोडेर र नेपाली काँग्रेसका नेताहरुले नेतृत्व गरेका क्रान्ति र शान्ति प्रक्रिया समेतलाई एकैपटक जनताका बीचमा जानकारी गर्ने, सन्देश दिने उद्देश्यका साथ क्रान्तिदेखि शान्तिसम्म भनेर फोटो प्रदर्शनी कार्यक्रम गर्दैछौँ । त्यही कार्यक्रमसँग जोडेर केही विषयमा विमर्श पनि गर्दैछौँ । क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव विषयमा विमर्श गर्नेछौँ । १५० भन्दा बढी फोटोहरु रहनेछन् । जुन फोटोहरु २००७ सालभन्दा अगाडीका र गिरिजाबाबुसहित अन्य नेताहरुको पनि फोटो रहनेछ । १५० फोटोहरुले तीन किसिमको चरणहरुको प्रतिविम्वित गर्नेछ । एउटा क्रान्तिको बेलामा, शान्ति अथवा विकासको बारेमा र पछि शान्ति प्रक्रियासँग जोडिएका फोटोहरु हुनेछन् ।


फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव विषयमा विमर्श पनि गरिने उहाँले जानकारी दिनुभयो । क्रान्तिदेखि शान्तिसम्मको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपाली सञ्चारमाध्यमका समाचार सामाग्रीको गुणस्तर खस्किँदै गएको प्रतिवेदन सार्वजनिक

Next Post

लगानी सहजीकरण सम्बन्धी विधेयक लगानीको लागि पर्याप्त छैनः काँग्रेस

Next Post

लगानी सहजीकरण सम्बन्धी विधेयक लगानीको लागि पर्याप्त छैनः काँग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन