Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

विराटनगरमा मापदण्ड विपरित घर बनाउने क्रम बढ्यो


विराटनगरमा मापदण्ड विपरितका घरहरु बनाउने काम भइरहेका छन् ।


भवन निर्माण मापदण्ड विपरित लिफ्टिङ प्रविधि (पक्की घरलाई माथि उचाल्ने र एक ठाउँबाट अर्को ठाउँमा सार्ने) को प्रयोग गरेर घरहरु बनाउने काम भइरहेका हुन् । सडक नजिक पर्ने र डुबान र बाढीको समस्या भएका घरहरु सो प्रविधिको प्रयोगबाट सार्ने भवन निर्माण मापदण्ड विपरित काम भइरहे पनि त्यसको सुरक्षाका विषयमा भने गम्भिर आशंका उत्पन्न भइरहेका छन् । राष्ट्रिय भवन आचारसंहिता, भवन ऐन र सम्बन्धित मन्त्रालयले जारी गरेको निर्देशिकामा पनि नयाँ अभ्यासका रूपमा देखिएको ‘लिफ्टिङ–सिफ्टिङ’ प्रविधिका बारेमा कुनै मापदण्ड नभएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोईरालाले बताउनु भयो । उहाँले जमिनमुनि खाल्डो खनेर बसालिएको जगबाट घरलाई मुक्त बनाउँदा असुरक्षाका प्रश्न खडा हुनु स्वभाविक रहेको बताउनु भयो । महानगरपालिकाले त्यसबारेमा महानगरका घरनक्सा र योजना महाशाखाका प्राविधिकसँग समन्वय गरेर छलफल भइरहेको बताएको छ । 


फलामका जग प्रयोग गरी भारतीय एलबिएल हाउस लिफ्टिङ कम्पनीले विराटनगरका केही घर तथा कार्यालय सार्ने काम गरिरहेको छ । घर भत्काएर पुनः नयाँ बनाउँदा धेरै नै खर्च गर्नुपर्ने भएका कारण लिफ्टिङ विधि अपनाउँदा कम खर्चमै घर सार्न मिल्छ । घरको उचाई बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म सार्न सकिने विधिबाट घर उचाल्न र सार्नका लागि न्युनतम दुईदेखि तीन महिना लाग्छ ।  घर उठाउँदा ठूलाखाले मेसिनको प्रयोग गरिएको छैन । सामान्य फलामको जग प्रयोग गरेर घर उठाउँदा जोखिम नहुने तर्क कम्पनीको छ । कम्पनीका इन्जिनियर लालचन्द गुप्ता घर उठाउँदा वा सार्दैमा कमजोर नहुने बताउँदै भविष्यमा पनि सुरक्षित नै हुने दाबी गर्नुहुन्छ । नयाँ जग निर्माण गरेर जगमाथि नै घर राखिने भएका कारण भूकम्प प्रतिरोधात्मक अनि सुरक्षित हुने उहाँको दाबी छ । 


हाउस लिफ्टिङका लागि प्राविधिकले घरको बेसको टाइप बिमको संरचना काटेर गाडी उठाउन प्रयोग गर्ने जस्तो ‘जग’ लगाएर ब्यालेन्स मिलाउने गरेका छन् । घरको बेसमेन्ट वरिपरि जग लगाएपछि प्राविधिकले पालैपालो जग घुमाएर माथि उठाउँछन् र खाली भएको स्थानमा कंक्रिट र इँटाको संरचना बनाउँछन् । नेपालका विराटनगर, जनकपुर, काठमाडौं, वीरगञ्जलगायत भारतका सहरमा डेढ सयभन्दा बढी घर उठाउने र सार्ने काम गरेको कम्पनीले जनाएको छ । 
औद्योगिक नगरी विराटनगरको बजार क्षेत्रमा अधिकांश पुराना घर सडक सतहभन्दा तल छन् । जसले गर्दा वर्षामा आकासे पानीले निकास नपाउँदा महानगरभित्रका पुराना घरको भुइँतला डुब्ने गरेका छन् । त्यसबाहेक कतिपय घर बेला–बेलामा हुने सडक बिस्तारबाट प्रभावित बनेका पनि छन् । 
त्यस्तो परिस्थितिमा लिफ्टिङ प्रविधिबाट घर उठाउने वा सार्दा अनावश्यक झन्झटबाट मुक्त हुन सकिएला भूकम्प–हावाहुरीलगायतबाट कत्तिको सुरक्षित हुन्छ भन्ने प्रश्न चौतर्फी छ । सँगसँगै महानगरपालिका अनि सरोकारवाला निकायसँग यसको मापदण्ड के छ भन्नेतिर सबैको चासो छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist