• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विराटनगरमा मापदण्ड विपरित घर बनाउने क्रम बढ्यो

नीतिप्रेस by नीतिप्रेस
August 19, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


विराटनगरमा मापदण्ड विपरितका घरहरु बनाउने काम भइरहेका छन् ।


भवन निर्माण मापदण्ड विपरित लिफ्टिङ प्रविधि (पक्की घरलाई माथि उचाल्ने र एक ठाउँबाट अर्को ठाउँमा सार्ने) को प्रयोग गरेर घरहरु बनाउने काम भइरहेका हुन् । सडक नजिक पर्ने र डुबान र बाढीको समस्या भएका घरहरु सो प्रविधिको प्रयोगबाट सार्ने भवन निर्माण मापदण्ड विपरित काम भइरहे पनि त्यसको सुरक्षाका विषयमा भने गम्भिर आशंका उत्पन्न भइरहेका छन् । राष्ट्रिय भवन आचारसंहिता, भवन ऐन र सम्बन्धित मन्त्रालयले जारी गरेको निर्देशिकामा पनि नयाँ अभ्यासका रूपमा देखिएको ‘लिफ्टिङ–सिफ्टिङ’ प्रविधिका बारेमा कुनै मापदण्ड नभएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोईरालाले बताउनु भयो । उहाँले जमिनमुनि खाल्डो खनेर बसालिएको जगबाट घरलाई मुक्त बनाउँदा असुरक्षाका प्रश्न खडा हुनु स्वभाविक रहेको बताउनु भयो । महानगरपालिकाले त्यसबारेमा महानगरका घरनक्सा र योजना महाशाखाका प्राविधिकसँग समन्वय गरेर छलफल भइरहेको बताएको छ । 


फलामका जग प्रयोग गरी भारतीय एलबिएल हाउस लिफ्टिङ कम्पनीले विराटनगरका केही घर तथा कार्यालय सार्ने काम गरिरहेको छ । घर भत्काएर पुनः नयाँ बनाउँदा धेरै नै खर्च गर्नुपर्ने भएका कारण लिफ्टिङ विधि अपनाउँदा कम खर्चमै घर सार्न मिल्छ । घरको उचाई बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म सार्न सकिने विधिबाट घर उचाल्न र सार्नका लागि न्युनतम दुईदेखि तीन महिना लाग्छ ।  घर उठाउँदा ठूलाखाले मेसिनको प्रयोग गरिएको छैन । सामान्य फलामको जग प्रयोग गरेर घर उठाउँदा जोखिम नहुने तर्क कम्पनीको छ । कम्पनीका इन्जिनियर लालचन्द गुप्ता घर उठाउँदा वा सार्दैमा कमजोर नहुने बताउँदै भविष्यमा पनि सुरक्षित नै हुने दाबी गर्नुहुन्छ । नयाँ जग निर्माण गरेर जगमाथि नै घर राखिने भएका कारण भूकम्प प्रतिरोधात्मक अनि सुरक्षित हुने उहाँको दाबी छ । 


हाउस लिफ्टिङका लागि प्राविधिकले घरको बेसको टाइप बिमको संरचना काटेर गाडी उठाउन प्रयोग गर्ने जस्तो ‘जग’ लगाएर ब्यालेन्स मिलाउने गरेका छन् । घरको बेसमेन्ट वरिपरि जग लगाएपछि प्राविधिकले पालैपालो जग घुमाएर माथि उठाउँछन् र खाली भएको स्थानमा कंक्रिट र इँटाको संरचना बनाउँछन् । नेपालका विराटनगर, जनकपुर, काठमाडौं, वीरगञ्जलगायत भारतका सहरमा डेढ सयभन्दा बढी घर उठाउने र सार्ने काम गरेको कम्पनीले जनाएको छ । 
औद्योगिक नगरी विराटनगरको बजार क्षेत्रमा अधिकांश पुराना घर सडक सतहभन्दा तल छन् । जसले गर्दा वर्षामा आकासे पानीले निकास नपाउँदा महानगरभित्रका पुराना घरको भुइँतला डुब्ने गरेका छन् । त्यसबाहेक कतिपय घर बेला–बेलामा हुने सडक बिस्तारबाट प्रभावित बनेका पनि छन् । 
त्यस्तो परिस्थितिमा लिफ्टिङ प्रविधिबाट घर उठाउने वा सार्दा अनावश्यक झन्झटबाट मुक्त हुन सकिएला भूकम्प–हावाहुरीलगायतबाट कत्तिको सुरक्षित हुन्छ भन्ने प्रश्न चौतर्फी छ । सँगसँगै महानगरपालिका अनि सरोकारवाला निकायसँग यसको मापदण्ड के छ भन्नेतिर सबैको चासो छ । 

[adrotate banner= “4”]

Previous Post

तराईमा मनाइयो रक्षावन्धन

Next Post

सञ्चार संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउनेगरी काम गर्दैछौँः मन्त्री गुरुङ

Next Post

सञ्चार संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउनेगरी काम गर्दैछौँः मन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन