Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम बालीमा सम्पन्न
Next
Prev

जरदारीद्वारा पाकिस्तानको १४ औं राष्ट्रपतिको रुपमा शपथग्रहण

आसिफ अली जर्दारीले पाकिस्तानको १४औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उहाँले शपथग्रहण गर्नुभएको हो । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथग्रहण गराउनुभयो ।

यसअघि शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारीले संसद र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट १८१ मतको बिरुद्धमा ४११ मत ल्याएर विजयी हुनुभएको थियो । सत्तारुढ गठबन्धनका उम्मेदवार जरदारीले सिनेट र नेशनल एसेम्बलीलगायत संसदका दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गर्नुभयो । पूर्वी पञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत प्राप्त गर्नुभयो ।  दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist