Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले वृद्धि

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात गत साउनदेखि २३ फागुनसम्म १२ हजार ७८९ उजुरी आएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ९०६, आव २०७८/७९ मा चार हजार ६८६ र आव २०७९/८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका १६४, बालिकाका २४२, महिलाका पाँच हजार ७०३,  पुरुषका छ हजार १७७ र अन्यमा ५०३ गरी जम्मा १२ हजार ७८९ निवेदन साइबर ब्यूरोमा परेको छ ।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेबसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए ।

साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेभसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist