पोर्चुगलको विपक्षी केन्द्र–दक्षिण गठबन्धनका नेताले चुनावमा विजयी भएको दाबी गर्नुभएको छ । पोर्चुगलको विपक्षी केन्द्र–दक्षिण प्रजातान्त्रिक गठबन्धनका नेता लुइस मोन्टेनेग्रोले आईतवार देशको संसदीय चुनावमा आफू विजयी भएको दाबी गर्नुभएको हो ।
सोसलिस्ट पार्टी (पीएस) का नेता पेड्रो नुनो सान्तोसले पराजय स्वीकार गरेलगत्तै मोन्टेनेग्रोले सोमवार बिहान विजयी घोषणा गर्नुभएको थियो । तर उहाँले दक्षिणपन्थी चेगा पार्टीको समर्थन बिना शासन गर्न सक्षम हुनेकुमार स्पष्ट छैन ।