Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ मा ३ करोड २८ लाखमा मोटेरबुल पुल निर्माण सम्पन्न

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा ३ करोड २८ लाखमा मोटेरबुल पुल निर्माण सम्पन्न भएको छ । 
आईतवार एक कार्यक्रमबीच  १८ मिटर लामो मोटरेबल पुल उद्घाटन भएको हो । पुलको उद्घाटन प्रतिनिधि सभा सदस्य मानवीर राईले गर्नुभयो । कार्यक्रममा पूर्वविदेशमन्त्री बुद्धिकुमार राजभण्डारीको पनि उपस्थिति रहेको थियो । मोटरेबल पुलको उद्घाटनसँगै तरकारी मासुजन्य खाद्य सामग्री, पर्यटन र आर्थिक उन्नति हुने विश्वास दुवै गाउँपालिकाको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले आगामी दिनमा गाउँपालिकाको विकासमा आफू पछि नहट्ने बताउनु भयो ।

त्यस्तै माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले नगरपालिकाको आर्थिक विकासदेखि अन्य विकास निर्माणका कामहरु अघि बढाउँदै लैजाने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रमकमा बोल्दै पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारले २५ लाख भन्दा मुनिका बजेट स्थानीय तहलाई दिनुपर्ने बताउनु भयो । खानेपानीको समस्या करिव समाधान भइसकेको भन्दै उहाँले सडकको समस्या पनि समाधान गर्नेतर्फ आफू अग्रसर रहेको बताउनु भयो ।

त्यस्तै प्रतिनिधि सभा सदस्य मानवीर राईले संघीय बजेट सो क्षेत्रमा लगाउन पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । मोटेरेबुल पुलले छलाङ्ग मार्ने र पर्यटनमा थप टेवा पुगेको भन्दै उहाँले गाउँपालिकाको आर्थिक उन्नतिका लागि थप प्रयास गर्ने बताउनु भयो । उहाँले पुलले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनसमेत मद्दत गर्ने र स्थानीयहरुलाई पनि आवतजावतमा धेरै स्हज हुने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist