Latest
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

पोखरा महानगरपालिका वडा नं १७ द्वारा आध्यात्मिक ज्ञान आत्म जागरण प्रवचन तथा योग शिविर कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा नं १७ ले ज्ञान योग, ध्यान, साधना, शक्तिपात एवम् आध्यात्मिक ज्ञान आत्म जागरण प्रवचन तथा योग शिविर रोयल महल ब्याङ्क्वेट ड्यामसाइडमा सम्पन्न गरेको छ । वडावासीलाई आध्यात्मिक ज्ञान तथा सकारात्मक सोच सिर्जना गर्ने उद्देश्यले वडाद्वारा गुरुदेव डा. योगी विकासानन्द बाट प्रवचन गराई साधकहरूलाई प्रशिक्षित गरी एक दिवसीय कार्यक्रम सम्पन्न गरेको हो ।

स्वागत मन्तव्य राख्दै वडा सदस्य बिक्रम गुरुङ्गले वडावासीलाई सकारात्मक उर्जा सहित सुखी र खुसी साथ जीवनयापन सहज गर्न यस कार्यक्रमले प्रेरित गर्ने र समग्र वडाको समृद्धिमा यसले टेवा दिने विचार व्यक्त गर्नुभएको थियो ।

एक दिने ध्यान शिविर कार्यक्रम उद्घाटन गर्दै डा.योगी विकासानन्दले पोखरा महानगरपालिका मै पहिलो पटक शिविर गर्न पाँउदा खुसी व्यक्त गर्नु भएको थियो । डा.योगी विकासानन्दले बिहान १२ बजे देखि ५ बजे सम्म साधकहरूलाई आध्यात्मिक ज्ञान तथा आत्म जागरण सम्बन्धी प्रवचन दिनुका साथै प्रयोगात्मक गरेर देखाउनु भएको थियो । पोखरा महानगरपालिका वडा नं. १७ वडा अध्यक्ष राधिका शाही योगीले शिविर कार्यक्रममा सहभागी वडावासीलाई धन्यवाद दिदैँ शिविर गर्नुको उद्देश्य को बारेमा प्रष्ट पार्दै यस शिविर कार्यक्रम पश्चात वडावासीमा आत्मा उर्जा विकास भई खुसी र सुखी बन्ने अपेक्षा गर्नु भएको थियो ।

शिविरमा साधकको रुपमा पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले डा.योगी विकासानन्दलाई आभार व्यक्त गर्दै पहिलो पटक योग ध्यान साधना शक्तिपात भएको अनुभव सुनाउनु भएको थियो । पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, वडा नं. १७ वडा सदस्य तारा सेवा परियार लगायत केही साधकहरूमा ध्यान साधनाको शक्तिपात भएको र सोको अनुभव सुनाउनु भएको थियो ।

यस्तै साधकको रुपमा रहनु भएको श्रीधरा अधिकारीले गुरुको क्रियाकलापहरू बिभिन्न सामाजिक सञ्जालमा लामो समयदेखि देखेको र यसरी प्रत्यक्ष अनुभव आदानप्रदान गर्न नपाएकोमा यो अवसर वडा कार्यालयले प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद प्रकट गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन पोखरा महानगरपालिका वडा नं १७ का सचिव मञ्जु ढुङ्गानाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist