पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति अघिल्लो महिनाको ५.१० प्रतिशतको तुलनामा ५.०९ प्रतिशतमा घटेको छ । फेब्रुअरी २०२३ मा खुद्रा मुद्रास्फीति ६.४४ प्रतिशत थियो ।
देशभरका एक हजार ११४ सहरी बजार र एक हजार १८१ गाउँबाट तथ्याङ्क सङ्कलन गरिएको थियो ।