Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

शुन्य समयमा बोल्दै सांसदहरु

प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदहरुको सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँको योजना दिन माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रमा सांसदहरुको सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँको योजना दिन माग गर्नुभएको हो । उहाँले सांसदहरुलाई ५÷१० करोड रुपैयाँमात्रै नचाहिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदहरुको भुमिका नभएमा बजेट पास गर्न नदिने बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘यस वर्ष बजेट निर्माणमा सांसदहरुको भुमिका र सहभागिता भएन भने हामी यो बजेट पास गर्नको लागि सहयोगी किमार्थ पनि बन्न सक्दैनौँ । बजेट पास गर्ने कुरामा विपक्षीको पनि के भुमिका हुन्छ भन्ने कुराको नजिर संसदमा स्थापित भइसकेको कुरा स्मरण गराउन चाहान्छु । स्वयम् प्रधानमन्त्रीज्यूको पार्टीले हामीलाई यो कुरा सिकाइसकेको पनि छ । हामीलाई ५÷१० करोड चाहिएको होइन । १६५ वटा निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोडको योजना दिइयोस् । कार्यान्वयन सरकारले गर्ने हो । यदि बजेट निर्माणमा सांसदहरुको भुमिका शुन्य बनाइयो भने बजेट पास हुँदैन ।’

प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले मेनपावरहरुले लाखौँ रुपैया असुलेर युवाहरुलाई विदेश पठाउने गरेको भन्दै गैरकानूनी रुपमा असुल्ने मेनपावरहरुलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले श्रम गर्न विदेश जाने युवाहरु विभिन्न समस्याहरुमा पर्ने गरेका भन्दै ति समस्याहरुको समाधान गर्न सरकारले ध्यान पु¥याउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हाम्रो देशको युवाहरु वैदेशिक रोजगारको शिलशिलामा विदेश जाँदा विभिन्न मेनपावर र एजेन्टहरु द्वारा ठगिने गरेको छ । कतिपय कम्पनीहरुमा फ्रि भिसा र फ्रि टिकटको व्यवस्था भएपनि एजेन्टहरुले प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँसम्म उठाउने गरेको छ । ऋण लिएर विदेश गएका युवाहरु आफुले भनेको काम र पारिश्रमिक नपाएर दुःख झेल्नुपर्ने अवस्था छ । कयौँ कामदार युवाहरु जेलमा छन् त, कतिपय अलपत्र अवस्थामा छन् । विदेशमा मृत्यु भएका कामदारहरुको शव ल्याउन पनि महिनौँ लाग्छ । तर पनि यि समस्याहरुमा राज्यको ध्यान गएको देखिदैन । त्यसैले यस्ता समस्यामाथि राज्यको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । साथै ठग, दलाल, एजेन्ट र मेनपावरलाई कानुनी दायरामा ल्याइ कडा कारबाहीको लागि सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य शान्ति बि.क.ले १३० केजि सुन तस्करी प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको भन्दै यस सम्बन्धमा सदनमा जानकारी गराउन माग गर्नुभयो ।

 उहाँले भन्नुभयो – ‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा जुन कुराहरु, समाचारहरु बाहिर आइराखेका छन् । यो कुरा के हो म सरकारमार्फत जान्न चाहन्छु । यो सदनलाई जानकारी गराइयोस् ।’

अन्य सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास निर्माणको कामको सम्बन्धमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist