• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
November 22, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ ।


सरकार दशँै, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरुले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी २०८४ साल मंसिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको हो । २०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहने प्रधानमन्त्री ओलीको भनाई थियो । हन्छ । शुक्रवार काठमाडौंमा नेकपा (एमाले) काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गरेको जागरण सभामा बोल्दै उहाँले अवको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै उहाँले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरुले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अपm्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन काँग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पार्नु भयो । 
उहाँले भन्नुभयो, ‘सरकार बन्दै बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदै पाउँदैन, त्यो पनि पायो । यो महिना कट्दैन, त्यो पनि कटयो । दशैं देख्दैन, देख्ने मात्रै होइन, मनायो । तिहार देख्दैन, त्यो पनि देख्यो । कार्तिक कटदैन, त्यो पनि कटयो । मंसिर देख्दैन, त्यो पनि देख्यो । अब भाका राख्दैछन् फेबु्रअरीको । फेब्रुअरी भनेको त्यो माग, फागुनको कुरा हो । फागुनको कुरा होइन, म भन्न चाहन्छु–२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहन्छ । सबैले बुझे हुन्छ–कान खोलेर सुने हुन्छ । मेरो अवधि म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुर देउवाजीलाई जिम्मा लगाउछु । उहाँले प्रधानमन्त्रीत्व फेरि १८ महिना उहाँले चलाउनु हुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यस्ता भ्रममा नपर्नुस, यस्ता भ्रममा आम जनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरुको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस् । अवश्य पनि नेपाली  काँग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी पनि हुन् । अहिले नेपाली काँग्रेस र नेकपा एमाले किन एक ठाउँमा छन ? यसकारण कि अहिले हामी बीचको प्रतिस्पर्धा भन्दा एकता महत्वपूर्ण कुरा हो । देशलाई अप्ठयारोमा पार्न खोजिएको छ, लोकतन्त्रलाई अप्ठयारोमा पार्न खोजिएको छ । संविधान मास्न खोजिएको छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । अराजकता मच्याएर समाजलाई भाँड्न खोजिएको छ । ’


प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्याएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने पनि बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल

Next Post

अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली

Next Post

अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन