• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल

नीतिप्रेस by नीतिप्रेस
November 22, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व बिना देश विकास गर्न सम्भव नरहेको बताउनु भयो । उहाँले बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरुमा २८ भन्दा बढी प्रधानमन्त्री पाइसके पनि राजनीतिक स्थायित्व नहुँदा विकास हुन नसकेको बताउनु भयो । उहाँले हामी नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न नसकेको बताउनु भयो । उहाँले अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेकपा एमालले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्नुभयो । नेकपा एमालेले मात्रै मुलुकमा राजनीतिक स्थायित्वको सुनिश्चितता दिनसक्ने बताउनु भयो । नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिलाई सही बाटोमा अघि बढाउने हो भने, दुनियाँको विकास र समृद्धिको अनुभवबाट शिक्षा लिने हो भने कुनैपनि राष्ट्रको विकास र समृद्धिका लागि तीन वटा विषय अपरिहार्य हुन्छ । त्यो भनेको दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व । आज हाम्रो मुलुक किन बनेन भन्दा राजनीतिक अस्थिरताका कारण यो मुलुक बन्न सकेन । बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरुमा हामीले २८ भन्दा बढी प्रधानमन्त्री व्यहोरिसकेका छौँ । एउटा प्रधानमन्त्रीले औषतमा सवा वर्ष पनि काम गर्न पाउँदैन । हाम्रा छिमेकीहरुले प्रगति गरे भनेर चर्चा गर्ने गर्दछौँ । चीनमा के छ, कार्यकारी राष्ट्रपति हुने गर्दछ । त्यहाँ सि जिनपिङ राष्ट्रपति हुनुहुन्छ । लगातार तीन कार्यकाल चीनको नेतृत्व गर्नुभएको छ । अर्कोतिर भारतमा हेरौँ । भारत विकासको बाटोमा अघि बढिरहेको छ । भारतमा कार्यकारी प्रधानमन्त्री हुने गर्दछ । नरेन्द्र मोदी प्रधानमन्त्री हुनुहुन्छ, लगातार तेस्रो कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ । तर हामी नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न सकेका छैनौँ । यही समयमा  हामीले नेपालमा एक दर्जन भन्दा बढी प्रधानमन्त्री बनाइसक्यौँ । के यस्तो अवस्थामा यो अस्थिरताको अवस्थामा नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा हुनसक्छ ? सक्दैन । त्यसअर्थमा नेकपा एमालेले संकल्प गरेको छ, अठोट गरेको छ, नेकपा एमालेले भनेको छ । अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो छ । त्यो निर्णायक राष्ट्रिय शक्ति भनेको नेकपा एमाले हो । नेकपा एमालेले मात्रै यो मुलुकमा राजनीतिक स्थायित्वको सुनिश्चितता दिनसक्छ । नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छ । जसले यो मुलुकलाई संकटबाट बाहिर निकाल्ने सामथ्र्य राख्दछ । विकास र समृद्धिको जसले नयाँ भिजन प्रश्तुत गर्ने सामथ्र्य राख्दछ ।’


महासचिव पोखरेलले एमाले देश बनाउने यात्रामा रहेको र देश बनाएर छोड्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेकपा एमालेले नै राष्ट्रको स्वाधिनता र स्वाभिमान कायम राख्ने बताउनु भयो । उहाँले समाजमा अराजकता मच्चाए र निराशा छरेर देश बन्न नसक्ने जिकिर गर्नुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

एमाले जागरण सभा (तस्बिरहरु)

Next Post

वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छः प्रधानमन्त्री ओली

Next Post

वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छः प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन