• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बासस्थान मासिँदा नेपाली माछा संरक्षणमा समस्या

नीतिप्रेस by नीतिप्रेस
November 22, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]

नदी तथा खोलाहरुको पानी सुक्दै जाँदा नेपाली माछा संरक्षणमा समस्या भएको सरोकारवालाहरुले बताएका छन् ।


बिहीवार विश्व मस्त्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुले पछिल्लो समय प्राकृतिक रुपमा खोला तथा नदीमा पाउने माछाहरु लोप हुँदै गएको बताए । उनीहरुले खोला तथा नदीहरुमा जलविद्युत उत्पादन लगायत पानी कटानको कारण माछाहरुको बासस्थान मासिएको बताएका हुन् । त्रिभूवन विश्व विद्यालय प्राणीशास्त्र केन्द्रिय विभागका अध्यापक सन्तोषी श्रेष्ठले माछाहरु दिनप्रतिदिन लोप हुँदै गइरहेको बताउनु भयो । उहाँले माछाहरु लोप हुनुको प्रमुख कारण बासस्थान मासिनु रहेको बताउनु भयो । उहाँले पछिल्लो समय माछाको खोला, नदीको बासस्थान मासिँदै गएको उल्लेख गर्दै नेपाली माछाहरु हुने खोला तथा नदीहरुमा पछिल्लो समय पानी नभएको बताउनु भयो । उहाँले माछाहरुको प्रजननका लागि आफ्नै बासस्थान हुने भएपनि बासस्थान बिगँ्रदै गएकाले नेपाली माछा लोप हुँदै गएको बताउनु भयो । उहाँले नदीको दोहन जलविद्युत आयोजनाहरु भएको बताउनु भयो । उहाँले जलचरहरुको संरक्षणको लागि जलविद्युत उत्पादन आवश्यकतालाई हेरेर लक्ष्य निर्धारण गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘माछाहरु दिनप्रतिदिन लोप हुँदै गइरहेको छ । लोप हुनुको प्रमुख कारण भनेको बासस्थान मासिनु हो । पछिल्लो समय माछाको बासस्थान मासिँदै गएको देख्नसक्छौं । एक दुई वर्षमा थाहा नभए पनि १० वर्षमा देखिन्छ । नेपाली माछाहरु हुने खोला नदीहरुमा पछिल्लो समय पानी छैन । माछाहरुको प्रजनन गर्नको लागि आफ्नै बासस्थान हुन्छ । तर त्यो बासस्थान बिग्रँदै गएको छ । माछा लोप हुनुको अर्को कारण नदीहरु दोहन पनि हो । नदीको दोहन जलविद्युत आयोजनाहरु पनि हुन् । हाइड्रोपावर बनाउनुपर्छ । विद्युत आवश्यक छ तर कति विद्युत आवश्यक छ कहाँ खपत गर्ने भनेर निश्चित गर्नुपर्छ । नदीहरुमा विद्युत उत्पादन गर्दै गर्दा नदीमा भएका जलचरहरुको लागि बाटो बनाउनुपर्छ । एउटा नदीमा कतिवटा हाईड्रो पावर बनाउने हो त्यो पनि मापदण्ड बनाउनुपर्छ । कर्णालीमा हाईड्रो पावर ड्यामहरु बनेको छैन । माछा लोप हुँदै जाँदा माछा संरक्षणमा समस्या पैदा भएको छ ।’


पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले २५२ प्रजातिका माछामध्ये ४५ बढी प्रजातिका माछा नेपालमा मात्रै पाइने बताउनु भयो । उहाँले नेपालमा मात्रै १ लाख १५ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको बताउनु भयो । उहाँले नेपाल माछामा आत्मनिभर जस्तै रहेको भन्दै करिव ४ हजार मेट्रिक टन माछा मात्रै बाहिरबाट आयात हुने गरेको बताउनु भयो । उहाँले ९५ प्रतिशत मुलुकभित्रै उत्पादन हुने उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो,‘२५२ प्रजातिका माछा मध्ये ४५ बढी प्रजातिका माछा नेपालमा मात्रै पाइन्छ भनिन्छ । नेपालमा मात्रै १ लाख १५ हजार मेट्रिक टन माछा उत्पादन गर्छौं । करिव ४ हजार मेट्रिक टन माछा मात्रै बाहिरबाट उत्पादन गरेर ल्याउनुपरेको छ । ९५ प्रतिशत मुलुकभित्रै उत्पादन छ । अब उत्पादन वृद्धिमा लाग्ने र प्राकृतिक जलाशयलाई संरक्षण गरेर जलाशयमा आश्रित रहेका जलचरलाई बढवा दिने हो भने धेरै उत्पादन हुनेछ । तर जलाशयहरु मासिँदै गएकाले आगामी दिनमा उत्पादनमा कमी आउने देखिन्छ ।’


उहाँले नेपाली माछा उत्पादन वृद्धिमा लाग्न र प्राकृतिक जलाशयलाई संरक्षण गरेर जलाशयमा आश्रित रहेका जलचरलाई बढवा दिन आवश्यक रहेको बताउनु भयो । उहाँले जलाशयहरु मासिँदै गएकाले आगामी दिनमा उत्पादनमा कमी आउने चिन्ता व्यक्त गर्नुभयो ।

[adrotate banner= “5”]

[adrotate banner= “3”]

[adrotate banner= “6”]

Previous Post

काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)

Next Post

एमाले जागरण सभा (तस्बिरहरु)

Next Post

एमाले जागरण सभा (तस्बिरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन