Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

शासन प्रणालीमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्न सक्दैनः वामदेव गौतम

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकको शासन प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।


राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपनि शासन प्रणाली, उत्पादन प्रणाली र निर्वाचन प्रणाली त्यही भएकाले यसमा आमुल परिवर्तन आवश्यक रहेको सांसद गौतमको भनाई थियो । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले माथि उल्लेखित ३ वटा क्षेत्रमा आमुल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्नै नसक्ने जिकिर समेत गर्नुभयो । सांसद गौतमले सरकारले एक वर्षमा पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता नराखेको भन्दै असन्तुष्टि व्यक्त समेत गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘यसपटक आएको यो सिद्धान्त र प्राथमिकता अहिले भन्दा पहिले अर्थमन्त्री रहनुभएका विद्धान डाक्टरले प्रस्तुत गर्नु भएको हो । अब अहिलेको अर्थमन्त्रीले यसैलाई अगाडि बढाउनु हुन्छ कि हुँदैन भन्ने मलाई लागेको थियो । आज उहाँ यहाँ उपस्थित भएको देखेपछि अब उहाँको पनि यो सदरनै भयो भन्ने लागेको हुनाले मैले यसमा आफ्ना विचारहरु राख्न चाहन्छु । यो दस्तावेजमा ६ वटा शीर्षकमा सिद्धान्त छन । १६ वटा शिर्षकमा प्राथमिकताहरु छन् । प्राथमिकताहरु कस्ताकस्तासम्म छन् भने जसमा अहिले भर्खरै शुरु गर्ने हो भने १० वर्षमा पनि पूरा हुनसक्छ कि सक्दैन, खर्ब मात्र होइन कि खर्बौं लाग्नसक्छ । त्यो पनि प्राथमिकतामा आएको छ । त्यसो भएर प्राथमिकता कसरी भयो ? प्राथमिकताका त धेरै विषयहरु मध्ये त्यसबाट छानेर ल्याउनुपर्छ, जो तुरुन्त लागू नगरी हुँदैन । नीति र सिद्धान्त लामो समयसम्म जानसक्छ । त्यसले अर्थ लगाउँदा खेरी १० वर्ष, २० वर्ष, ४० वर्ष, ५० वर्ष, १०० वर्षको पनि अर्थ लगाउन सक्छ । तर प्राथमिकता भनेको त्यस भित्र, जो अहिले भर्खरै एक वर्ष भित्र लागू गर्नुपर्छ । त्यो मात्रै प्राथमिकतामा हुनुपर्छ । १० वर्ष भित्र पनि गरे हुने भन्नेकुरा प्राथमिकतामा पर्नु हुँदैन । यसमा त्यही विषयहरु छन् । कतिपय विषयहरु ज्याँदै महत्वपूर्ण छन, राम्रा छन । भाषा र शेली विरोध गर्नुपर्ने, आलोचना गर्नुपर्ने केही छैन । सुन्दर भाषा, तर्कपूर्ण रुपमा आफना विषयबस्तुलाई राखिएको छ । धेरै राम्रा छन । नेपालको एउटा ठूलो परिवर्तन राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक घोषणा गरियो । तर शासन प्रणाली त्यही छ । उत्पादन प्रणाली त्यही छ । र, निर्वाचन प्रणाली त्यही छ । जबसम्म यो तीन वटा प्रणालीमा आमूल परिवर्तन गर्दैनौं, तबसम्म हामी अगाडि बढ्न सक्दैसक्दैनौं । कुनैपनि हालतमा हामी अगाडि बढ्न सक्दैनौं । त्यसो भएर यो तीन वटा क्षेत्रको आमूल परिवर्तन गर्ने दिशामा जानपर्छ । ’ 


सांसद गौतमले बजेटको प्राथमिकता र सिद्धान्त १० वर्षमा पूरा गर्ने खालको भएकाले पनि यसको सान्दर्भिकता नभएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist