• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शासन प्रणालीमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्न सक्दैनः वामदेव गौतम

नीतिप्रेस by नीतिप्रेस
March 15, 2024
in अन्य, जीवनशैली, नेपाली समाचार आजको, फिचर, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकको शासन प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।


राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपनि शासन प्रणाली, उत्पादन प्रणाली र निर्वाचन प्रणाली त्यही भएकाले यसमा आमुल परिवर्तन आवश्यक रहेको सांसद गौतमको भनाई थियो । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले माथि उल्लेखित ३ वटा क्षेत्रमा आमुल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्नै नसक्ने जिकिर समेत गर्नुभयो । सांसद गौतमले सरकारले एक वर्षमा पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता नराखेको भन्दै असन्तुष्टि व्यक्त समेत गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘यसपटक आएको यो सिद्धान्त र प्राथमिकता अहिले भन्दा पहिले अर्थमन्त्री रहनुभएका विद्धान डाक्टरले प्रस्तुत गर्नु भएको हो । अब अहिलेको अर्थमन्त्रीले यसैलाई अगाडि बढाउनु हुन्छ कि हुँदैन भन्ने मलाई लागेको थियो । आज उहाँ यहाँ उपस्थित भएको देखेपछि अब उहाँको पनि यो सदरनै भयो भन्ने लागेको हुनाले मैले यसमा आफ्ना विचारहरु राख्न चाहन्छु । यो दस्तावेजमा ६ वटा शीर्षकमा सिद्धान्त छन । १६ वटा शिर्षकमा प्राथमिकताहरु छन् । प्राथमिकताहरु कस्ताकस्तासम्म छन् भने जसमा अहिले भर्खरै शुरु गर्ने हो भने १० वर्षमा पनि पूरा हुनसक्छ कि सक्दैन, खर्ब मात्र होइन कि खर्बौं लाग्नसक्छ । त्यो पनि प्राथमिकतामा आएको छ । त्यसो भएर प्राथमिकता कसरी भयो ? प्राथमिकताका त धेरै विषयहरु मध्ये त्यसबाट छानेर ल्याउनुपर्छ, जो तुरुन्त लागू नगरी हुँदैन । नीति र सिद्धान्त लामो समयसम्म जानसक्छ । त्यसले अर्थ लगाउँदा खेरी १० वर्ष, २० वर्ष, ४० वर्ष, ५० वर्ष, १०० वर्षको पनि अर्थ लगाउन सक्छ । तर प्राथमिकता भनेको त्यस भित्र, जो अहिले भर्खरै एक वर्ष भित्र लागू गर्नुपर्छ । त्यो मात्रै प्राथमिकतामा हुनुपर्छ । १० वर्ष भित्र पनि गरे हुने भन्नेकुरा प्राथमिकतामा पर्नु हुँदैन । यसमा त्यही विषयहरु छन् । कतिपय विषयहरु ज्याँदै महत्वपूर्ण छन, राम्रा छन । भाषा र शेली विरोध गर्नुपर्ने, आलोचना गर्नुपर्ने केही छैन । सुन्दर भाषा, तर्कपूर्ण रुपमा आफना विषयबस्तुलाई राखिएको छ । धेरै राम्रा छन । नेपालको एउटा ठूलो परिवर्तन राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक घोषणा गरियो । तर शासन प्रणाली त्यही छ । उत्पादन प्रणाली त्यही छ । र, निर्वाचन प्रणाली त्यही छ । जबसम्म यो तीन वटा प्रणालीमा आमूल परिवर्तन गर्दैनौं, तबसम्म हामी अगाडि बढ्न सक्दैसक्दैनौं । कुनैपनि हालतमा हामी अगाडि बढ्न सक्दैनौं । त्यसो भएर यो तीन वटा क्षेत्रको आमूल परिवर्तन गर्ने दिशामा जानपर्छ । ’ 


सांसद गौतमले बजेटको प्राथमिकता र सिद्धान्त १० वर्षमा पूरा गर्ने खालको भएकाले पनि यसको सान्दर्भिकता नभएको बताउनु भयो ।

Previous Post

प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध

Next Post

युवाहरुलाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक छः ओली

Next Post
Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM's Secretariat

युवाहरुलाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक छः ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन