Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । 


सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव पेश गर्न समय दिएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उभिएर बिरोध जनाएको हो । काँग्रेसले बिरोध जनाएपछि सभामुख घिमिरेले काँग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिनुभएको थियो । त्यसपछि बैठकमा बोल्दै सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारी पीडक भएको भन्दै गृहमन्त्रीमाथिको प्रश्नका बारेमा प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो ।

 
उहाँले भन्नुभयो – ‘गृहमन्त्री सहकारी पीडक हुनुहुन्छ । पीडितहरु हजारौँको संख्यामा सडकमा रहनुभएको छ । त्यस्तो अवस्थामा जबसम्म प्रधानमन्त्रीले हाउसमा गएर आम नेपाली जनतालाई आश्वस्त पार्न सक्नुहुन्न, तबसम्म हाउस चल्न सक्दैन भन्ने नेपाली कांग्रेसको ठहर छ । त्यसकारणले सभामुखज्यूको रुलिङ हुनुप¥यो । गृहमन्त्री नै पीडक हो ।’


त्यसपछि सभामुखले आसन ग्रहणका लागि काँग्रेस सांसदहरुलाई आग्रह गर्दा पनि सांसदहरुले विरोध जारी राखेका थिएन । त्यसपछि नियमापत्ति गर्दै नेकपा(माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सभालाई अगाडी बढाउने सांसदहरुको पनि दायित्व भएको भन्दै सभा सञ्चालन गर्न दिन आग्रह गर्नुभएको थियो ।


बैठक १५ मिनेटको लागि स्थगित भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist