Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समिति सभापति कमला पन्त हुने पक्का


संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।


शनिवार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो । त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मनोनयन परेको छ । यससँगै एउटा समितिमा दाबेदारीका लागि एक-एक जनाले मात्रै उम्मेदवारी मनोनयन गराएसँगै निर्बिरोध निर्वाचित हुनुभएको छ । यद्यपि आधिकारिक रुपमा आईतवारमात्रै्र घोषणा हुने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनु भयो । उहाँले राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरुको कार्यकाल सकिएसँगै नेतृत्व रिक्त रहेको थियो । राष्ट्रिय सभा नियमावली, दोस्रो संशोधन नियमावलीले सभापतिको पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने व्यवस्था गरेअनुसार यही ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था भएअनुसार निर्वाचन गर्न लागिएको बताउनु भयो । उहाँले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उक्त समितिको सभापतिका लागि ग्याल्जेन शेर्पालाई सभापतिको रुपमा गोपीबहादुर सार्की अछामीले प्रश्ताव गर्नुभएको छ भने इन्दिरादेवी गौतम र दुर्गा गुरुङले उक्त प्रश्तावलाई समर्थन गर्नुभएको छ । त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्य कमला पन्तलाई सोही समितिका सदस्य नारायणदत्त भट्टले प्रश्ताव गर्नुभएको छ भने उक्त प्रश्तावलाई मान्य शारदादेवी भट्टले समर्थन गर्नुभएको छ । सहायक प्रवक्ता धमलाले आईतवार सभापति निर्वाचित गर्न र औपचारिक रुपमा घोषणा गर्नका लागि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक २ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक १ बजेको लागि बैठक बोलाइएको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिहरुमा सभापति पद रिक्त भएको थियो । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरुको यही फागुन २० गते कार्यकाल समाप्त भएर पद रिक्त भएको थियो । अहिलेको राष्ट्रिय सभा नियमावली, दोस्रो संशोधन नियमावलीले सभापतिको पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने व्यवस्था गरेअनुसार यही ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने हाम्रो नियमावलीको व्यवस्था छ । सोही बमोजिम आज सभापतिको लागि प्रश्ताव गर्नुपर्ने प्रश्तावको सूचना दिनुपर्ने म्याद निर्धारण गरिएको थियो, यसैअनुसार दुवै समितिमा सभापतिको लागि उम्मेदवारहरुको नाम प्रश्ताव हुन आएको छ । मनोननय दर्ता भएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उक्त समितिका मान्य सदस्य ग्याल्जेन शेर्पालाई सभापतिको रुपमा माननीय गोपीबहादुर सार्की अछामीले प्रश्ताव गर्नुभएको छ भने मान्य इन्दिरादेवी गौतम र दुर्गा गुरुङ उक्त प्रश्तावलाई समर्थन गर्नुभएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिका मान्य सदस्य कमला पन्तलाई सोही समितिका मान्य सदस्य नारायणदत्त भट्टले प्रश्ताव गर्नुभएको छ । उक्त प्रश्तावलाई मान्य शारदादेवी भट्टले समर्थन गर्नुभएको छ । यसअनुसार भोलि दुवै समितिमा आफ्ना आफ्ना बैठक हुन्छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक २ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक १ बजेको लागि बोलाएको छ । उक्त बैठकहरुमा सभापतिका लागि नियमावलीको व्यवस्थाबमोजिम निर्वाचन हुन्छ । निर्वाचनको सवालमा नियमावलीमा एउटा मात्रै प्रश्ताव दर्ता हुन आएमा निर्बिरोध निर्वाचन हुने व्यवस्था छ । दुवै समितिमा निर्बिरोध निर्वाचित हुने निश्चित भएको छ ।’

उहाँले आईतवारको बैठकमा सभापतिका लागि नियमावलीको व्यवस्थाबमोजिम निर्वाचन हुने बताउनु भयो । निर्वाचनको सवालमा नियमावलीमा एउटा मात्रै प्रश्ताव दर्ता हुन आएमा निर्बिरोध निर्वाचन हुने व्यवस्था रहेकाले दुवै समितिमा निर्बिरोध निर्वाचित हुने निश्चित भएको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist