• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाली काँग्रेसका योद्धा काँग्र्रेस बुढा दिल बहादुर गरुङको निधन

नीतिप्रेस by नीतिप्रेस
December 3, 2024
in कला-साहित्य, खेलकुद समाचार, गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी काँग्र्रेस बुढा दिल बहादुर गरुङको आज बिहान १०२ बर्षको उमेरमा निधन भएको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गरुङको पार्थिव शरीरमा आज पोखराको रामघाटस्थित बौद्ध अर्घौसदनमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

श्राद्धञ्जली अपर्ण गर्दै काँग्रेस नेता जोशीले शताव्दी पुरुष स्व.गुरुङ नेपाली काँग्रेसको मात्र नभई सबै पार्टी र समुदायको साझा नेताका रुपमा रहनुभएको स्मरण गर्नुभयो ।

नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभासदस्य समेत रहनुभएका स्व.गुरुङको निधन प्रति दुख व्यक्त गर्दै जारी गर्नुभएको शोक विज्ञप्ति नेता जोशीले पढेर सुनाउनुभएको थियो ।

पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात हुनुहुन्थ्यो । उहाँ तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गर्नुभयो भने तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गर्नुभएको थियो ।

२०३२ सालपछि सो गाउँ पर्वत जिल्लामा समाहित भएको थियो भने अहिले कुश्मा नगरपालिका वडा नं १४ मा पर्दछ ।

स्व.गुरुङ नेपाली काँग्रेस पर्वत जिल्ला आर्थरडाँडाखर्कको संस्थापक एवं नेपाली काँग्रेस पर्वतको सदस्य भएर काम गर्नुभएको थियो ।

राजनीति रुपमा चेतना भएमात्र हरेक क्षेत्रको बिकास गर्न सकिन्छ र विभिन्न जातजातिको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा लाग्नुभएका गुरुङ बौद्धिक एवं राजनीतिक विचारकका रुपमा चिनिनुभएको कुश्मा नगरपालिका वडा नं १४ का वडाअध्यक्ष रुद्रमोहन रिमालले बताउनुभयो ।

स्व.गुरुङले पञ्चकोशी मा.वि लगायत अन्य प्रा.वि विद्यालयको संस्थापक भएर गाउँमा शिक्षाको ज्योति फैलाउन योगदान पुर्याउनुभएको थियो ।

उहाँको एक श्रीमति, ३ छोरा, ३ बुहारी, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाती, र ३ पनातिनी हुनुहुन्छ ।

जेठो छोरा सु.इन्द्र बहादुर गुरुङ, माईला छोरा यम बहादुर गुरुङ र कान्छा छोरा शेर बहादुर गुरुङ हुनुहुन्छ ।

कान्छा छोरा शेर बहादुरले एस.के साउण्ड एण्ड भिजनको नामबाट पोखरामा व्यवसाय गरिरहनुभएको छ ।

शताव्दी पुरुष स्व.गुरुङको शवयात्रामा पञ्चकोशी समाज, आर्थरडाँडाखर्क, विभिन्न तमु समाज, पोखरामा बसोबास गर्ने पर्वतबासी, काँग्रेस पर्वतका नेता, कास्की काँग्रेसका नेता तथा अन्य राजनीतिक पार्टीका नेता कार्यकर्ता, छिमेकी र आफन्तजनहरुको बाक्लो सहभागिता रहेको थियो ।

Previous Post

एनपिएलः चितवनको दोस्रो जितः पोखरा एभेन्जर्स ८७ रनले पराजित

Next Post

सय दिने अभियानको तयारीका लागि कास्की काँग्रेसमा बैठक

Next Post

सय दिने अभियानको तयारीका लागि कास्की काँग्रेसमा बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन