• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संसद अधिवेशनको लागि सांसदहरु नै तयार देखिनुहुन्नः सभामुख घिमिरे

नीतिप्रेस by नीतिप्रेस
December 3, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।


मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले संसद कानून बनाउने थलो भएपनि वर्तमान संसदले कानून बनाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले संसदमा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरुको सहभागिता बनाउने प्रवन्ध गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भुमिकामा निर्भर हुने बताउनु भयो । उहाँले अहिले सांसदहरु नै संसद अधिवेशनको लागि तयार नदेखिएको बताउनु भयो । उहाँले समितिहरुले संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘ संसद कानून बनाउने ठाउँ हो तर कानून बनाउन हामी ढिलै भएका छौं । सरकारकोतर्फबाट कानून मन्त्रीले धेरै महत्वपूर्ण कुराहरु राख्नुभएको छ । विभिन्न तथ्य तथ्याङ्क र अब गर्ने कुरा राख्नुभएको छ तर एउटा नमिलेको कुरा छ । संसदमा कानून ल्याउँदा आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने मात्रै स्थितिलाई अन्त्य गर्न जरुरी छ । कानून उत्पत्ति गर्दै सांसदहरुको संग्लनता कसरी गर्ने हाम्रोमा प्रवन्ध भएको छैन । कानून आयोग छ । कानून आयोगलाई कानूनी अध्ययन गर्ने,संशोधन र नयाँ कानून बनाउने जिम्मा दिएको छ । त्यहाँ बजेटको अभाव भन्नेकुरा छ । कानून आयोगले पनि संसदहरुसँग समन्वय गरेर काम गर्ने प्रवन्ध गरिनुपर्छ । आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषयमा पनि संसदहरुको भुमिकामा निर्भर हुन्छ र हुनुपर्छ । तर सांसदहरु नै त्यो तयार छैनौं । संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिनसक्छौं । सरकारले बोलाउनु पनि हुन्छ ।’


उहाँले संसदको गरिमा उच्च रहेको र सांसदको भुमिका महत्वपूर्ण रहेको भन्दै सांसदहरुले संसदलाई कम ठानेर नलाग्न संसदहरुलाई आग्रह गर्नुभयो । उहाँले सांसदहरुले आफ्नो उचाईबाट सरकारलाई हेर्न सक्नुपर्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छः उपसभामुख राना

Next Post

संविधान कार्यान्वयनका लागि आवश्यक अधिकांश कानूनहरु निर्माण भइसकेः कानूनमन्त्री चौरसिया

Next Post

संविधान कार्यान्वयनका लागि आवश्यक अधिकांश कानूनहरु निर्माण भइसकेः कानूनमन्त्री चौरसिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन