Latest
Next
Prev

नेपालमा लोकतन्त्र त छ तर चालचलन गोरखाली सम्राज्यवादको भयोः अध्यक्ष ठाकुर

लाकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर नेपामला लोकतन्त्र आएपनि चालचलन गोरखाली सम्राज्यवादको भएको बताउनुभएको छ । 


शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल सहभागी कार्यक्रममा आफ्ना सांसदहरुको उपेक्षा भएको बताउनु भयो । उहाँले आफूहरुको अपमान गर्ने जानकारी भएको भए आफू कार्यक्रममै नजाने बताउनु भयो । उहाँले लोकतन्त्रमा जनतामा अधिकार हुने र सबैभन्दा माथि पनि जनता नै रहने बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘केही भन्नसपूर्व म निवेदन गर्न चाहन्छु, महोत्तरीको जिल्लाको हाम्रै क्षेत्रको सांसदहरु पनि हामीसँगै आएका थिए । अहिले मैले यहाँ देखिन । सम्माननीय राष्ट्रपतिजी । यो तपाईको कार्यक्रम होइन, यो त यहाँका मेयरको कार्यक्रम हो । उहाँकै निमन्त्रणमा म आएको हुँ । अहिले पनि मलाई थाहा थिएन की यस तरिकाको अपमान हाम्रा सांसदहरुको हुन्छ । जो तपाईंसँगै तपाईको स्वागतका लागि आएका थिए । उनीहरुलाई औपचारिकताको रुपमा नाम समेत बोइएन । यो के हो । हामी लोकतन्त्रको लागि संघर्ष गरेका हौँ । तर लोकतन्त्रमा जनतामा अधिकार हुन्छ । सबैभन्दा माथि जनता हुन्छन् । अहिले यस्तो लाग्छ,यो नेपाल लोकतन्त्र त छ, गणतन्त्र पनि छ, तर अहिले पनि यहाँको चालचलन गोरखाली सम्राज्यवादको जस्तै छ । मैले यहाँ मेयरसँग बुझ्दा माथिबाटै आएको आदेश भन्नुभयो । सबैभन्दा माथि त हाम्रैसामु हुनुहुन्छ, उहाँ भन्दा माथि त संविधानमा नेपालमा कोही छैन ।’

उहाँले गोली हानेर जनता मार्ने र शान्ति सुशासन कायम राख्ने भन्नेकुरा गलत रहेको भन्दै कुनैपनि बेला बिद्रोह हुनसक्ने चेतावनी दिनुभयो । उहाँले लोकतन्त्र सर्वोपरी भनेकै जनता रहेको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist