Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्नुस्ः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न आग्रह गर्नुभएको छ । 


शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघ केन्द्रित अधिकार तल्लो तहमा कार्यान्वनय गर्न बाँकी रहेकोले अब विलम्व गर्नु नहुने बताउनु भयो । उहाँले व्यवस्था परिवर्तन भएपनि अझै जनताको अवस्था परिवर्तन गर्न बाँकी रहेको बताउनु भयो । उहाँले प्रशासनिक रुपमा राज्यको पुनःसंरचना गरेको भएपनि राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी रहेको जिकिर गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले निर्दिष्ट गरेको लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतकि, आर्थिक, सामाजिक, धार्मिक, प्रशासनिक स्वतन्त्रतासँगै निमुखा जनतालाई न्याय र विपन्न जनतालाई आयको लक्ष्य राखेको छ । अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ति सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता प्रयोग गर्ने र उनीहरुको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषयहरु संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको छ । तर यहाँ व्यवस्था त परिवर्तन भएको छ । हाम्रो देश र समाज र जनताको सामान्य अवस्थामा अझै पनि परिवर्तन हुन बाँकी छ । हामीले प्रशासनिक रुपमा राज्यको पुनःसंरचना ग¥यौं, तल्लो भन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्य सत्ता पुगेको छ । तर राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी छ । अझै पनि हामीले केन्द्रित गरेर राखेको अधिकार तल्लो तहमा कार्यान्वनय गर्न बाँकी छ । अब यसका लागि हामीले विलम्व गर्नु हुँदैन भन्ने मलाई लाग्दछ । प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई आग्रह गरेको छु ।’

राष्ट्रपति पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको माध्यम मात्र नबनाइ जीवनदर्शन र संस्कार बनाएर अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist