• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जलवायुसम्बन्धि जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई गभर्नरको निर्देशन

नीतिप्रेस by नीतिप्रेस
March 16, 2024
in अन्य, अर्थ/वाणिज्य, घटना, नेपाली समाचार आजको, फिचर, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिनुभएको छ । 


राष्ट्रिय वाणिज्य बंैकद्वारा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय संस्थाहरुलाई सो कुरामा सचेत गराउनुभएको हो । गभर्नर अधिकारीले त्यत्रो लगानी गरेर बनाएको मेलम्ची खानेपानी आयोजना बाढीले सखाप पारेको दृश्टान्त पेश गर्दै जलवायु परिवर्तनको जोखिमको ख्याल नगरी त्यसमा लगानी गरेको भए कस्तो अवस्था हुन्थ्यो भने मनन गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउनु भयो । उहाँले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नु भयो । उहाँले बैंक तथा वित्तिय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सवल ढंगले अघि बढाउन सकिने पनि बताउनु भयो । 


गभर्नर अधिकारीले भन्नुभयो, ‘इन्भारोमेन्टल र सोसियलसँग गाँसिएकाका रिस्कहरु अझै जब्बरजस्त रिस्कहरु छन् । हाम्रो प्रत्यक्ष उदाहरण छ–मेलम्ची । त्यत्रो लगानी गरेर हामीले बनायौं । एउटा बाढीले सखाप पारिदियो । एउटा बैंकको लगानी त्यहाँ हुँदो हो, बंैकको अवस्था के हुन्थ्यो ? त्यसले कति लस क्रियट गर्दथ्यो ? त्यसले गर्दा बैंक, वित्तीय संस्थाले भोलिको दिनमा आफूले लगानी गरिराख्दाखेरी ख्याल गर्नुपर्ने एउटा महत्वपूर्ण कुरा इन्भारोमेन्टल रिलेटेड राष्ट्र बैंकले निर्देशन पनि जारी गरेको छ । २०१८ मा नै यो जारी गरिएको हो । र २०२२ मा त्यसलाई रिभाईज गरिएको छ । त्यसैगरी क्लाईमेट रिलेटेड अध्ययनहरु पनि भईराखेको छ । हामीले यही साल मात्रै २०८० मा मात्रै ग्रिन फाईनान्स टयाक्स इकोनोमीको डकुमेन्ट इक्सरसाईज गरिराखेका छौं । त्यो पब्लिक कन्सलटेशनका लागि लगिसकेका छौं । त्यसकारण केन्द्रिय बैंक, नेपाल सरकार सबै यो क्लाईमेटसँग गाँसिएको रिस्कमा कमिटेड छ । सम्माननीय प्रधानमन्त्रीज्युले कोप–२८ मा गएर पनि हाम्रो कमिटमेन्टहरु स्पष्ट रुपमा रिफ्लेक्ट गर्नुभएको छ । हामी त्यति कमिटमेण्ट छौं । त्यसले गर्दा बैंक, वित्तीय संस्थाको तर्फबाट पनि हामीले लगानी गर्दा क्लाईमेटसँग रिलेटेड रिस्कहरुलाई हामीले ख्याल गर्नुपर्ने आवश्यकता छ, जसले गर्दा हामी दिगो आर्थिक विकासका लागि प्रतिवद्ध रहनेछौं, हुनेछौं । र हाम्रो आन्तरिक व्यवस्थापनमा पनि जोखिम नियन्त्रणका लागि त्यत्तिकै सवल हुनेछौं ।’

गर्भनर अधिकारीले जोखिमको क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिने काम गरिरहेको पनि स्मरण गराउनु भयो ।

Previous Post

मुलुक भयावह अवस्थामा पुगेको छः पूर्वप्रधानन्यायाधीश कार्की

Next Post

नेपालमा लोकतन्त्र त छ तर चालचलन गोरखाली सम्राज्यवादको भयोः अध्यक्ष ठाकुर

Next Post

नेपालमा लोकतन्त्र त छ तर चालचलन गोरखाली सम्राज्यवादको भयोः अध्यक्ष ठाकुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन