Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

जलवायुसम्बन्धि जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई गभर्नरको निर्देशन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिनुभएको छ । 


राष्ट्रिय वाणिज्य बंैकद्वारा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय संस्थाहरुलाई सो कुरामा सचेत गराउनुभएको हो । गभर्नर अधिकारीले त्यत्रो लगानी गरेर बनाएको मेलम्ची खानेपानी आयोजना बाढीले सखाप पारेको दृश्टान्त पेश गर्दै जलवायु परिवर्तनको जोखिमको ख्याल नगरी त्यसमा लगानी गरेको भए कस्तो अवस्था हुन्थ्यो भने मनन गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउनु भयो । उहाँले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नु भयो । उहाँले बैंक तथा वित्तिय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सवल ढंगले अघि बढाउन सकिने पनि बताउनु भयो । 


गभर्नर अधिकारीले भन्नुभयो, ‘इन्भारोमेन्टल र सोसियलसँग गाँसिएकाका रिस्कहरु अझै जब्बरजस्त रिस्कहरु छन् । हाम्रो प्रत्यक्ष उदाहरण छ–मेलम्ची । त्यत्रो लगानी गरेर हामीले बनायौं । एउटा बाढीले सखाप पारिदियो । एउटा बैंकको लगानी त्यहाँ हुँदो हो, बंैकको अवस्था के हुन्थ्यो ? त्यसले कति लस क्रियट गर्दथ्यो ? त्यसले गर्दा बैंक, वित्तीय संस्थाले भोलिको दिनमा आफूले लगानी गरिराख्दाखेरी ख्याल गर्नुपर्ने एउटा महत्वपूर्ण कुरा इन्भारोमेन्टल रिलेटेड राष्ट्र बैंकले निर्देशन पनि जारी गरेको छ । २०१८ मा नै यो जारी गरिएको हो । र २०२२ मा त्यसलाई रिभाईज गरिएको छ । त्यसैगरी क्लाईमेट रिलेटेड अध्ययनहरु पनि भईराखेको छ । हामीले यही साल मात्रै २०८० मा मात्रै ग्रिन फाईनान्स टयाक्स इकोनोमीको डकुमेन्ट इक्सरसाईज गरिराखेका छौं । त्यो पब्लिक कन्सलटेशनका लागि लगिसकेका छौं । त्यसकारण केन्द्रिय बैंक, नेपाल सरकार सबै यो क्लाईमेटसँग गाँसिएको रिस्कमा कमिटेड छ । सम्माननीय प्रधानमन्त्रीज्युले कोप–२८ मा गएर पनि हाम्रो कमिटमेन्टहरु स्पष्ट रुपमा रिफ्लेक्ट गर्नुभएको छ । हामी त्यति कमिटमेण्ट छौं । त्यसले गर्दा बैंक, वित्तीय संस्थाको तर्फबाट पनि हामीले लगानी गर्दा क्लाईमेटसँग रिलेटेड रिस्कहरुलाई हामीले ख्याल गर्नुपर्ने आवश्यकता छ, जसले गर्दा हामी दिगो आर्थिक विकासका लागि प्रतिवद्ध रहनेछौं, हुनेछौं । र हाम्रो आन्तरिक व्यवस्थापनमा पनि जोखिम नियन्त्रणका लागि त्यत्तिकै सवल हुनेछौं ।’

गर्भनर अधिकारीले जोखिमको क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिने काम गरिरहेको पनि स्मरण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist