Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

मुलुक भयावह अवस्थामा पुगेको छः पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । 


राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उहाँको बुझाई थियो । शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले समाजमा त्रुटीहरुले जरा गाडेको समेत चित्रण गर्नुभयो । उहाँले सो कविता संग्रहले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका त्रुटीहरुलाई औंल्याउने काम गरेको पनि बताउनु भयो । कवितालाई इतिहासको रुपमा व्याख्या गर्दै उहाँले सो कविताले समय सापेक्ष ढंगले विगत र वर्तमानमा देखिएका विकृतिहरुको उठान गरेको बताउनु भयो । 


पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘कविता पनि समयसापेक्ष नै हुन्छ । मान्छेले जे देख्छ, त्यो न लेख्छ । यसमा धेरै अहिलेको यो भईरहेको पोलिटिकल सिच्युएशनहरु छ नि । राजनीतिक सिच्युएशनमा जुन उचनिच आइराखेको छ नि । त्यसमा केन्द्रित छ यो बढि । त्यसलाई फोकस गरिएको छ । मुलुकको जुन भयावह जुन अवस्था छ । त्यसलाई फोकस गरेको छ । समाजमा आएको त्रुटीहरु जुन छन, समाजमा देखापरेको जुन किसिमको वातावरण छ । त्यसमा लक्षित छ । रितिरिवाजका कुराहरुमा लक्षित गरिएको छ । ९० वटा कवितामा उहाँले देखेजति कुराहरु छन् । सबैलाई लयमा राखेर यो कविता संग्रह तयार गरिएको छ । उहाँको यो रचना मलाई साह्रै राम्रो लाग्यो । आज मलाई एउटा छुट्टै अनुभव भयो । जहिले पनि हामी कानून र त्यस्तैत्यस्तै विषयमा भाग लिन्थ्यौं । तर आज एउटा छुट्टै अनुभव भयो । यो पनि एउटा विधा हो । तर वास्तवमा कविता पनि एउटा हिस्ट्री हुन्छ । कवितामा पनि इतिहास हुन्छ । संसारमा हिटलरको गरेको ज्यादति, मुसोलिनीले गरेको ज्यादति यी जति पनि संसारका तानाशाहहरुको ज्यादतिहरु कविता पनि आएका छन । त्यसैले कविता इतिहास पनि हुन्छ । समय सापेक्ष कुरालाई पनि यसले बोलेको हुन्छ ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले कविता समय सापेक्ष हुनुपर्ने पनि बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist