Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

संयुक्त राष्ट्र प्रमुखद्वारा दमास्कसस्थित इरानको वाणिज्य दुतावासमा इजरायलको आक्रमणको निन्दा


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको दमास्कसमा रहेको इरानी कुटनीतिक परिसरमा सोमवार भएको आक्रमणको निन्दा गर्नुभएको छ । महासचिवले दमास्कसमा इस्लामिक गणतन्त्र इरानको कुटनीतिक परिसरमा भएको आक्रमणको निन्दा र मृत्यु भएकोप्रति शोक व्यक्त गर्नुभएको हो । उहाँले कुटनीतिक सिद्धान्तलाई सबै अवस्थामा सम्मान गरिनुपर्ने बताउनु भयो ।े सबै पक्षहरूलाई लागू हुने अन्तर्राष्ट्रिय मानवीय कानून लगायत अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना सबै दायित्वहरूको सम्मान गर्न पनि ध्यानाकर्षण गराउनु भयो । उहाँले थप संयमता अपनाउन र थप द्वन्द्वबाट बच्न सबै सरोकारवालाहरूलाई आह्वान गर्नुभयो । 

इजरायलले सोमवार दमास्कसस्थित इरानी दुतावासको वाणिज्य दुतावासको भवनमा मिसाइल आक्रमण गरेको थियो । जसमा सात अधिकारीको मृत्यु भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist