इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्यारोमा अमेरिकी केिन्द्रय गुप्तचर एजेन्सी (सीआईए) निर्देशक विलियम बन्र्ससँग भेटवाताृ गर्नुभएको छ । घेरामा परेको प्यालेस्टाइन गाजा पट्टीमा युद्धविराममा पुग्न संयुक्त मध्यस्थता प्रयासलाई सम्बोधन गर्नेबारे भेटमा छलफल भएको छ । सिसी र बन्र्स बीचको वार्ताले प्यालेस्टिनी एन्क्लेभमा शान्त पुनःस्थापना र सैन्य वृद्धि रोक्नको लागि तिब्र प्रयासहरूको आवश्यकतालाई महत्व दिएको छ । बैठकको क्रममा इजिप्टका राष्ट्रपतिले गाजामा भएको मानवीय संकटबारे जोड दिनुभएको थियो । इजरायलले विगत ६ महिनादेखि गाजामा व्यापक आक्रमण शुरु गरेको छ । जसले अहिलेसम्म ३३ हजार १७५ प्यालेस्टाइनीको ज्यान लिइसकेको छ भने ७५ हजार ८८६ जना घाइते भएका छन् ।