Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

पाकिस्तानको सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी संसदको माथिल्लो सदन सिनेटको अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनको नतिजा अध्यक्षीय अधिकारी सिनेटर इशाक दारले घोषणा गर्नुभएको हो । देशका विदेशमन्त्री समेत रहेका डारले निर्वाचनमा कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि गिलानी निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । पाकिस्तान पिपुल्स पार्टीका सांसद गिलानीले सन् २००८ देखि २०१२ सम्म देशको प्रधानमन्त्री बन्नुभएको थियो । सत्तारुढ पाकिस्तान मुस्लिम लिग–नवाजका सय्यदल खान नासिर पनि सदनको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो । यस महिनाको शसुरुमा, पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र सिनेट अध्यक्ष र उपसभापतिको चुनावको लागि यसको उद्घाटन सत्रको लागि बैठक बोलाउनुभएको थियो । पूर्वप्रधानमन्त्री इमरान खानको विपक्षी दल पाकिस्तान तहरीक–ए–इन्साफका सिनेटरहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानको निर्वाचन आयोगले सिनेटको चुनाव स्थगित गरेपछि अध्यक्षको निर्वाचन गर्न सदन पूरा नभएको भन्दै चुनावको विरोध गरे । अध्यक्षको शपथ ग्रहण गरेपछि गिलानीले सिनेटले महासंघको एकता र सिनेटले राष्ट्रको विविधता र शक्तिको प्रतिनिधित्व गरेको बताउनु भयो । गिलानीले देशको प्रगतिका लागि पुल निर्माण, वार्तालाई सक्षम बनाउन र असहमतिलाई संसदीय मापदण्डभित्र रहेर ठाउँ उपलब्ध गराउन सक्रिय भुमिका खेल्ने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist