हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा आगलागी भएको हो । आगोमा फसेकाहरुलाई उद्धार गरिएको बताइएको छ । आगलागी बुधवार भएको थियो । आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । आगो नियन्त्रणमा आइसकेको बताइएको छ ।