• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आगलागिको घटना हुन नदिन सरकारले उचित कदम चाल्नुपर्छः मुस्लिम आयोग

नीतिप्रेस by नीतिप्रेस
April 11, 2024
in अन्य, राजनीति, विविध, समाचार
0
फाइल तस्बिर

फाइल तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले डढेलो नियन्त्रणको लागि गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभएको छ  ।


देशभर आगलागिको घटना बढिरहेको बेला उहाँले त्यसको नियन्त्रणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष अन्सारीले आगलागि हुन नदिनका लागि सावधानी अपनाउन पनि सर्वसाधारणलाई अपिल गर्नुभयो । सुनसरीलगायतका जिल्लाहरु आगलागिबाट ठूलो जनधनको क्षति भइरहेको उल्लेख गर्दै उहाँले त्यसो हुन नदिनका लागि आगो र अन्य प्रज्वलनशील सलाई, लाईटर लगायतका सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि सबैलाई आग्रह गर्नुभयो । दैनिक क्रियाकलापले जलवायु परिवर्तनको असरलाई बढावा दिने काम गर्न नहुनेतर्फ पनि सबैले सचेत बन्नुपर्ने अध्यक्ष अन्सारीको भनाई थियो । 
अध्यक्ष अन्सारीले भन्नुभयो, ‘अहिले जलवायु परिवर्तनको मारमा हामी सबै परेका छौँ । कारण के हो भने हाम्रो दैनिक काम, क्रियाकलापहरुले त्यसलाई थप बढावा दिने काम गरिरहेको छ । यस्तो अवस्थामा जलवायुमैत्री काम गर्न पनि सबैलाई अनुरोध गर्न चाहन्छु । अहिले देशभर नै आगलागि, डढेलोको घटनाहरु भइरहेको हामीले सुन्दै आएका छौं । र यसमा चाँही बढि भन्दा बढी असर र धनजनको नै क्षति भइरहेको छ । यसले थप प्रदुषणको अवस्था पनि बढाएको छ । त्यसकारणले तापक्रम पनि बढिरहेको छ । अहिले हामीले जुन आगलागिको घटनाहरु छन् । हाम्रो दैनिक काममा प्रयोग हुने जस्तो आगोबाटै कतिपय ठाउँमा खाना पाक्छ भने त्यसमा सावधानी अपनाउन पनि जरुरी छ । त्यो सावधानी अपनाउनु र कमसेकम बच्चाहरुको पहुँच भन्दा टाढा जस्ता सलाई, आगो सल्काउने जुन वस्तुहरु छन् । यसलाई बच्चाहरुबाट टाढा राख्न पनि जरुरी छ । गाउँघरमा खासगरी आगोबाट नै पकाएर खानुपर्ने जुन बाध्यता छ । त्यसकारण आगोबाट पकाउने वस्तुबाट खाना पाकेपछि त्यसलाई व्यवस्थित ढंगले आगो निभाएर र खासगरी सलाई, लाईटरहरु केटाकेटीको पहुँचभन्दा बाहिर राख्यो भने चाहीँ हामीले आगलागिबाट सावधानी अपनाउन सक्छौँ । जलवायुले देशभर नै खासगरी तापक्रमको कुरा छ । अहिले हामी हेरौं–क्वीक्ली नै घटनाहरु कसरी अघि बढिरहेका छन् भने कहीँन कहीँ हामी गम्भिर नभएर नै यस्ता घटना  भएका छन् । धेरैजसो ठाउँमा यो आगोबाट डढेलो लाग्नु र यो मात्रै होइन, यसबाट भर्खरै हामीले सुन्यौँ जस्तो अब एउटा ठूलो घटना सुनसरीमा पनि भएको छ । र सशष्त्र प्रहरी क्याम्पमा पनि आगो लाग्यो । यावत कुराहरुलाई हामीले समयमै निराकरण गर्ने र यो घटना हुन नदिनका लागि सरकारले पनि यसमा गम्भिर कदम चाल्नुपर्छ । र बढी भन्दा बढी हामीले सावधानी अपनाउनु पर्छ ।’
त्यस अवसरमा अध्यक्ष अन्सारीले इस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल फित्र –ईद) को पनि शुभकामना व्यक्त गर्नुभएको छ । सरकारले बिहीवार (आज) सोही अवसर पारेर सार्वजनिक विदा दिएको छ ।

[adrotate banner=”5″]

[adrotate banner =”4″]

[adrotate banner =”3″]

Previous Post

सेवाग्रहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई पक्राउ

Next Post

हङकङको जिममा आगलागी हुँदा ५ जनाको मृत्यु

Next Post

हङकङको जिममा आगलागी हुँदा ५ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन