उज्वेकिस्तानका विदेशमन्त्री बख्तियोर सैदोभले बेलारुसको आधिकारिक भ्रमणको क्रममा मिन्स्कमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेट गर्नुभएको छ । दुई देशबीचको सम्बन्धको इतिहासमा उज्वेकका विदेशमन्त्रीले बेलारुसको औपचारिक भ्रमण गरेको यो पहिलो पटक हो । भ्रमणका क्रममा दुवै पक्षले सन् २०२४–२०२५ को लागि मन्त्रीस्तरीय परामर्श कार्यक्रममा हस्ताक्षर गरेका छन् । साइदोभसँगको भेटमा लुकासेन्कोले बेलारुसलाई सांघाई सहयोग संगठनको सदस्यताको बाटोमा सहयोग गरेकोमा उज्वेकिस्तानप्रति कृतज्ञता व्यक्त गर्नुभयो । साइदोभकाअनुसार उज्वेकिस्तान बेलारुससँगको सम्बन्धलाई सबै क्षेत्रमा गुणात्मक रूपमा नयाँ तहमा पु¥याउन तयार छ ।