Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा,

पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ ।
मादी गाउँपालिका वडा नं.२ का स्थायी बासिन्दा प्रेम बहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायण प्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खालि गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको जग्गा खालि गर्न पटक पटक आग्रह गरेको भए पनि अटेर गरी बसेपछि महानगरले हटाउनु परेको हो । 
पोखरा २४ स्थित कालिका माध्यमिक विद्यालयको कि.न १८५४ मा अस्थायी टहरा निर्माण गरेको पाइएपछि उनीहरूलाई त्यहाँबाट हटाई पाउँ भनी विद्यालयले दिएको निवेदनका आधारमा आइतबार हटाइएको महानगरिय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो । 
यसैबिच पामे–चालिसे बडहरे–सिसौउडी–रत्नेटार हुँदै राउसेओडार कनेक्टिभिटी रोडको पामेचोकमा सडकको मापदण्ड विपरीत निर्माण गरिएको संरचना समेत हटाइएको छ । प्रहरी प्रमुख थापाका अनुसार पामेचोक स्थित पामे बचत तथा ऋण सहकारी संस्था रहेको भवन र राम कुमारी सुवेदीको अतिक्रमित संरचना हटाइएको छ । 
सडकको केन्द्र भागबाट ७ मिटरको मापदण्ड नछोडी संरचना निर्माण गर्दा सडकको मापदण्ड नपुगेका कारण निज राम कुमारी सुवेदी र कृष्ण प्रसाद तिमिल्सीनाको संरचना हटाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist