• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

नीतिप्रेस by नीतिप्रेस
May 6, 2024
in गण्डकी प्रदेश, घटना, जीवनशैली, नेपाली समाचार आजको, राजनीति, विचार, विविध, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

पोखरा, २३ वैशाख ।पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको हो । समझदारीमा महानगरपालिका र पोखरा विश्वविद्यालय सहित उल्लेखित क्याम्पसहरू बिचमा व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा जानकारी प्रदान गर्न स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रशिक्षार्थीको रूपमा परिचालन गर्ने उल्लेख छ । समझदारी अनुसार पोखरा विश्वविद्यालय वा अन्य क्याम्पसहरूबाट सिफारिस गरिएका मध्ये स्वयंसेवी खटाउने र नखटाउने वा तोकिएको सङ्ख्यामा खटाउने अधिकार महानगरपालिकामा रहनेछ । 
महानगरपालिकाले आफ्नो आवश्यकता अनुसारको प्रशिक्षार्थी माग गरी पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पस र कालिका क्याम्पसमा पत्राचार गर्नुपर्नेछ । माग भएका विद्यार्थीहरूलाई आवश्यक प्रशिक्षण प्रदान गरी फिल्ड कार्यमा पठाइने छ । यसरी परिचालन गरिने प्रशिक्षार्थिहरुलाई महानगरपालिकाले आफ्नो कार्यविधिको अधीनमा रही दैनिक खाजा खर्च बापतको रकम उपलब्ध गराउनेछ भने, प्रशिक्षार्थीले गरेको कार्य विवरण प्रत्येक हप्ता सम्बन्धित वडाले  प्रमाणित गरी अभिलेख राखिने छ । 
समझदारी पत्र अनुसार तोकिएका प्रशिक्षार्थी विश्वविद्यालय वा क्याम्पसहरूले उपलब्ध गराउनु पर्नेछ । यसो गर्दा प्रशिक्षार्थीहरूको पठनपाठनमा कुनै अवरोध सृजना हुन नहुने व्यवस्था गरिनु पर्ने छ भने, प्रशिक्षार्थीले प्रचलित कानुन विपरीत कार्य गरेमा विश्वविद्यालयले उपयुक्त सजाय गर्न सक्नेछ । यसरी खटिएका प्रशिक्षार्थीले पोखरा महानगरपालिकाले तोकेको स्थानमा गई वडा कार्यालयको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको कार्य गर्नु पर्नेछ । आवश्यक प्रशिक्षण लिनु पर्ने, पोखरा महानगरपालिका र सम्बन्धित वडा कार्यालयको प्रत्यक्ष निर्देशन र समन्वयमा कार्य गर्ने, आफूले गरेको दैनिक कार्यको विवरण प्रत्येक दिन उल्लेख गरी प्रत्येक हप्ता कार्यालयमा पेस गर्नु पर्नेछ ।
सम्झौता सुरुवात भएको मितिले १८० दिन सम्म कायम हुनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको समझदारी पत्रमा पोखरा विश्वविद्यालयका कार्यक्रम निर्देशक श्रीजन ज्ञवाली, पृथ्वी नारायण क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा सरोज कोइराला, कालिका बहुमुखी क्याम्पसका प्रमुख विरेन्जी गौतम, जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश खड्का र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराज पौडेलले हस्ताक्षर गर्नुभएको छ । 


नगर प्रमुख आचार्यले समझदारी अनुसार पोखरा महानगरपालिका र विश्वविद्यालय तथा क्याम्पसहरूका बिचमा समन्वयको वातावरण तयार गर्नुका साथै सामुदायिक क्याम्पसहरू प्रति विद्यार्थीको आकर्षण समेत बढ्ने विश्वास व्यक्त गर्नुभयो । नागरिकहरूमा कर शिक्षाको सचेतना सहित विद्यार्थीको सैद्धान्तिक ज्ञानको व्यवहारिक प्रयोगमा टेवा पुग्ने उहाँले बताउनुभयो । महानगरको राजश्व सङ्कलनमा समेत बढोत्तरी आउने उहाँको विश्वास छ । समझदारीको हस्ताक्षर कर्ताहरूले महानगरपालिकासँग समन्वय गरी विद्यार्थीहरूलाई व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा परिचालन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न यसले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । 
समझदारी अनुसार पोखरा विश्वविद्यालयका २४ जना, पृथ्वीनारायण क्याम्पसका ५४ जना, जनप्रिय बहुमुखी क्याम्पसका २९ जना र कालिका क्याम्पसका ३१ जना गरी १४८ जना विद्यार्थीहरू परिचालन हुनेछन् ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

Next Post

जापानको शान्तिवादी संविधानको पक्षमा टोकियोमा ३० हजार भन्दा बढी मानिसहरुको जुलुस

Next Post

जापानको शान्तिवादी संविधानको पक्षमा टोकियोमा ३० हजार भन्दा बढी मानिसहरुको जुलुस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन