Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

जापानको शान्तिवादी संविधानको पक्षमा टोकियोमा ३० हजार भन्दा बढी मानिसहरुको जुलुस


संविधान संशोधन हुन्न, संविधानको रक्षा गर, शान्तिको रक्षा गर भन्दै देशको शान्तिवादी संविधानको रक्षाका लागि टोकियोमा विशाल ¥याली भएको छ । ¥यालीमा ३० हजारभन्दा बढी शान्ति चाहने जापानीहरू सहभागी भएका थिए । जापानले ३ मे मा आफ्नो शान्तिवादी पोस्ट–युद्ध संविधानको ७७ औं स्मृति दिवस मनाएको थियो । सर्वोच्च कानूनको धारा ९ ले युद्ध त्यागेको र देशलाई भूमि, समुन्द्री र वायुसेना, साथै अन्य युद्ध क्षमताहरू कायम राख्न प्रतिवन्ध लगाएको छ । तर अहिले जापानी जनतामा युद्ध परित्याग गर्ने संविधानका सिद्धान्तहरू कायम राख्ने अटलताप्रति चिन्ता बढेको छ । ओकिनावाबाट भर्खरै फर्केका कानेहिसा यामाउचीले ओकिनावा झन् बढ्दो सैन्यीकरण भएको बताउनु भयो । एक महिनाअघि, जापान सेल्फ–डिफेन्स फोर्सले उरुमा बेसमा ओकिनावाको मुख्य टापुमा आफ्नो पहिलो सतहबाट जहाज मिसाइल इकाई तैनाथ गरेको थियो । 


अर्का बिरोध कर्ता संविधान विशेष गरी धारा ९ को रक्षा गर्न आएको बताउनु भयो । 


सेल्फ डिफेन्स फोर्सलाई संविधानमा मात्र होइन, शत्रुको अड्डाहरूमा आक्रमण गर्ने क्षमता पनि लेख्नुपर्ने लगायतका धारणा सार्वजनिक भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist