Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

विद्यालय तोडफोड गरी ल्यापटप चोरी गरेको आरोपमा पोखराको ४ बालक पक्राउ

पोखरा,

पोखरा महानगरपालिका ३३ बरपाण्डेथुम स्थित शान्ति उदय उच्च माविको कार्यालय, कक्षाकोठा तोडफोड गरी ल्यापटप लगायत विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ४ बालकलाई पक्राउ गरेको हो । 

विद्यालयको कक्षाकोठा, कार्यालय तोडफोड गरेर ल्यापटप, इलेक्ट्रोनिक डिभाइसहरू चोरी गरेको आरोपमा प्रहरीले शनिबार ४ बालकलाई पक्राउ गरेको छ ।

 पोखरा ३३ बरपाण्डेथुम स्थित शान्ति उदय उच्च माविको कार्यालय, कक्षाकोठा तथा कम्प्युटर ल्याब शाखाको ढोका फोरी चोरी भएका विभिन्न कम्पनीका १० थान ल्यापटप, ७ थान चार्जर, ५ थान माउस सहित इलाका प्रहरी कार्यालय शिसुवा बाट खटिएको प्रहरीले टोलीले बालकहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिएका हुन् । 

उनका अनुसार बालकहरूले विद्यालयको ल्यापटप, कम्प्युटर, सिसि क्यामेरा, सिसिटिभी मनीटर्, लाइट, प्रोजेक्टर, साउण्ड स्पीकर कन्ट्रोलर, स्टेसनरी कागजातमा समेत क्षति पुर्‍याएको बताएका छन् । विद्यालय तोडफोड गरी ल्यापटप लगायतका सामान चोरी गरेको आरोपमा पक्राउ परेका चारै जना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । 

पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist