Latest
Next
Prev

काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।


सोमवारको राष्ट्रिय सभा बैठकमा पनि काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो । काँग्रेसको बिरोधपछि बैठक मंगलवार सवा १ बजेसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाहीह अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताउनु भयो । उहाँले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गर्नुभयो । अध्यक्षको आग्रहपछि पनि काँग्रेसले उठेर बिरोध जनाएपछि बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist