भारतमा करिव साढे दुई महिना लामो निर्वाचनको मतदान प्रक्रिया शनिवार साँझ ६ बजे सकिएको छ । संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्ने राजनीतिक दल वा राजनीतिक दलहरूको गठबन्धनले अर्को सरकार गठन गर्ने मौका पाउँछ । मतगणना जुन ४ मा हुनेगरी अन्तिम नतिजा निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरेको छ ।