• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

१० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात गर्ने सरकारको लक्ष्य छः प्रधानमन्त्री

नीतिप्रेस by नीतिप्रेस
June 7, 2024
in नेपाली समाचार आजको, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।


डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बेस र आइटीलाई लिडिङ रोल दिएर विकासलाई गति दिन लागेको बताउनु भयो । उहाँले आर्थिक वर्ष २०८१÷०८२ को कार्यक्रममा बजेटमार्फत सूचना र प्रविधिलाई मुख्य प्राथमिक क्षेत्रका रुपमा लिँदै डिजिटल इकोनोमि, स्टार्टअप र इनोभेसनको प्रवद्र्धनमा लाखौँको संख्यामा रोजगारी सिर्जना, डिजिटल गभर्नेन्सको सुधारमार्फत देश रुपान्तरणको लक्ष्य अघि सारिएको बताउनु भयो । उहाँले नेपाललाई सूचना र प्रविधिको हबका रुपमा विकास गर्न सूचना पविधि दशकको घोषणा गरिएको उल्लेख गर्नुभयो । उहाँले सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहक क्षेत्रको रुपमा स्थापित गर्ने, सूचना, प्रविधिका नविनतम प्रविधि अवलम्वन गर्न कानूनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवद्र्धन र नियमनको नीतिगत व्यवस्था तथा सेन्ट्रल बैंक डिजिटल करेन्सीको सम्भावना र विकास लगायतका विषयलाई राज्यले नीति, कार्यक्रम र बजेटमार्फत अघि सारेको बताउनु भयो । उहाँले । सूचना, प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा,बौद्धिक सम्पती संरक्षण प्रदान गर्ने, डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेतको उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अघि बढाइएको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘मैले आगामी आर्थिक वर्षको बजेटमा एग्रिकल्चरलाई बेस र आइटीलाई लिडिङ रोल दिएर मात्रै हामीले विकासलाई गति दिनसक्छौँ । आर्थिक वर्ष २०८१÷०८२ को कार्यक्रममा बजेटमार्फत सूचना र प्रविधिलाई मुख्य प्राथमिक क्षेत्रका रुपमा लिँदै डिजिटल इकोनोमि, स्टार्टअप र इनोभेसनको प्रवद्र्धनमा लाखौँको संख्यामा रोजगारी सिर्जना, डिजिटल गभर्नेन्सको  सुधारमार्फत देश रुपान्तरणको लक्ष्य अघि सारिएको छ । नेपाललाई सूचना र प्रविधिको हबका रुपमा विकास गर्न सूचना पविधि दशकको घोषणासहित १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य पनि निर्धारण गरिएको छ । सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहक क्षेत्रको रुपमा स्थापित गर्ने, सूचना, प्रविधिका नविनतम प्रविधि अवलम्वन गर्न कानूनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवद्र्धन र नियमनको नीतिगत व्यवस्था तथा सेन्ट्रल बैंक डिजिटल करेन्सीको सम्भावना र विकास लगायतका विषयलाई राज्यले नीति, कार्यक्रम र बजेटमार्फत अघि सारेको छ । सूचना, प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा,बौद्धिक सम्पती संरक्षण प्रदान गर्ने, डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेतको उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अघि बढाइँदैछ ।’


सूचना तथा प्रविधिमाथि आम मानिसको पहुँच भएमात्रै यसबाट प्राप्त हुने लाभमा जनताको पहुँच सुनिश्चित हुनसक्ने बताउनु भयो । उहाँले सूचना र प्रविधि क्षेत्रका अवसर र चुनौतिको गम्भीरतालाई आत्मसाथ गर्दै सरकारले सूचना तथा सञ्चार प्रविधिलाई सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धि हाँसिल गर्ने मुख्य क्षेत्रको रुपमा अंगिकार गरेको बताउनु भयो ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

श्रीमतीको हत्या गरी फरार भएका नेपाली आर्मीका जवान पक्राउ

Next Post

प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री

Next Post

प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन